मुख्य समाचार
अन्तिम १६ को खेलमा सेल्टा भिगोलाई ५-२ गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश
अन्तिम १६ को खेलमा सेल्टा भिगोलाई ५-२ गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश

। रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेल्टा भिगोलाई ५-२ गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश गरेको हो ।

रियलको जितमा एन्ड्रिक फेलिपेले दुई गोल गरे भने किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भालभर्डेले एक-एक गोल गरे । सेल्टाका जोनाथन बाम्बा र मार्कस एलोन्सोले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो


खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियलले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा भिनसियसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफ सकिन लाग्दा सेल्टाले दुई गोल फर्कायो ।

८३औं मिनेटमा बाम्बा र इन्जुरी समयमा एलोन्सोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलियो ।



अतिरिक्त समयमा रियलले थप तीन गोल गर्‍यो । १०८औं मिनेटमा एन्ड्रिकले गोल गर्दा ११२औं मिनेटमा भालभर्डे र ११९औं मिनेटमा एन्ड्रिकले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ५-२ को जितसहित क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...