मुख्य समाचार
आइतबारदेखि अमेरिकामा टिकटक बन्द गर्ने
आइतबारदेखि अमेरिकामा टिकटक बन्द गर्ने

— टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् ।


सोमबार ह्वाइट हाउस प्रवेशसँगै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नुअघि नै अमेरिकामा टिकटक बन्द हुन लागेको हो । वासिङ्टन पोस्टका अनुसार ट्रम्पले भने टिकटकमाथि प्रतिबन्ध लगाउने मिति जनवरी १९ मा नभएर त्योभन्दा ६० देखि ९० दिन पर धकेल्ने गरी कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । तथापि, उनले कानुनी रूपमा कसरी त्यस्तो आदेश जारी गर्न सक्छन् भन्नेमा प्रश्न छ ।


टिकटकको योजनाबारे जानकार स्रोतलाई उद्धृत गर्दै एनबीसी न्युजले पनि आइतबारबाटै कम्पनीले सञ्चालन रोक्ने तयारी गरेको जनाएको छ । राष्ट्रपति जो बाइडेनले गत अप्रिलमा हस्ताक्षर गरेको कानुनमा टिकटकको अमेरिकी सञ्चालन कम्पनीले कि त गैर चिनियाँ उद्यमीलाई बिक्री गर्नुपर्ने नभए प्रतिबन्ध लगाइने व्यवस्था छ । यसका लागि अमेरिकी सरकारले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्मको समय सीमा दिएको थियो ।

बाइटडान्सले भने सो कानुनले अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन गर्नुका साथै व्यवसायमा समान अवसर नदिएको लगायत आरोप लगाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइका क्रममा अमेरिकी प्रयोगकर्ताको डेटा सङ्कलन गरेर टिकटकले चिनियाँ सरकारलाई दिने अमेरिकी सरकारको आशङ्काप्रति न्यायाधीशहरूले बढी जोड दिएका थिए । यसले पनि प्रतिबन्ध लगाउन सक्ने कानुन उल्ट्याउने बाइटडान्सको चाहना पूरा नहुने सङ्केत देखिएको छ ।

अमेरिकामा इलन मस्कदेखि युट्युबर मिस्टर बिस्ट, शार्क ट्यांक अमेरिकाका लगानीकर्ता केभिन ओलियरी, अर्बपति फ्र्याङ्क म्याककर्टजस्ता प्रख्यात अर्बपतिहरूले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न चाहेको खबर बाहिरिएका छन् । टिकटकले भने सर्वोच्चको फैसला कुर्ने र त्यो आफ्नो पक्षमा आएन भने अमेरिकी स्वामित्व बिक्री गर्नुभन्दा सेवा नै बन्द गरेर हिँड्ने प्रतिक्रिया दिएको एनबीसी न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। ...
— इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'एक्सएआई' यतिबेला गम्भीर विवादमा तानिएको छ । मस्कको सामाजिक सञ्जाल 'एक्स' (यसअघि ट्विटर) मा उपलब्ध एआई च्याटबोट 'ग्रोक' ले महिलाहरूको अनुमतिबिना उनीहरूको नग्न तस्बिर (डिजिटल अनड्रेसिङ) बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ । पछिल्लो समय ग्रोकको प्रयोग गरी वास्तविक मानिसहरूका तस्बिरलाई तोडमोड गरेर आपत्तिजनक र ...
एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधार गर्न सन् २०२५ मा देशभर २ सय ५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको बताएको छ । साथै २२ सय टावरको क्षमता अभिवृद्धि गरको छ ।
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम