मुख्य समाचार
सैफ अली खानको अवस्था 'खतरामुक्त', कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा
सैफ अली खानको अवस्था 'खतरामुक्त', कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा

— बलिउड अभिनेता सैफ अली खान खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सैफलाई बिहीबार सबेरै मुम्बईको बान्द्रास्थित घरमै घुसेर अज्ञात व्यक्तिले चक्कु हानेका थिए ।


चक्कु प्रहारबाट उनको शरीरमा ६ ठाउँमा चोट लागेको चिकित्सकले बताएका छन् । जसमध्ये २ वटा गहिरा चोटसमेत छन् ।


उनीमाथि आक्रमण भएपछि तत्काल लीलावती अस्पताल लगिएको थियो । चिकित्सकहरूका अनुसार सैफको कम्मरको हड्डीबाट करिब २ इन्चको चक्कुको टुक्रा निकालिएको छ । प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार लिसा अहिले अभिनयमा केन्द्रित छिन् । आफ्नो देश थाइल्यान्डमा छायांकन गरिएको ‘द ह्वाइट लोटस’ सिजन ३ बाट अभिनयमा डेब्यू गरेकी उनको अभिनय रुचि यत्तिकैमा सीमित छैन । पपस्टार अभिनयमा फर्किँदैछन्, त्यो पनि पहिलोभन्दा ठूलो क्यानभासमा । डिसेम्बर ५ मा ‘टाइगो’ नामक कोरियाली फिल्ममा उनले अभिनय गर्ने हल्ला चलेको थियो । कोरियाली मिडियाले ...
। हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा गरेको छ । विश्वचर्चित म्यागजिनले निर्देशक पल थोमस एन्डरसनको ब्ल्याक कमेडी फिल्म “वन ब्याटल आफ्टर अनदर’ मा उनको अभिनयको लागि डिक्याप्रियोलाई सम्मान गरेको हो । फिल्ममा, डिक्याप्रियोले एक पूर्वक्रान्तिकारीलाई आफ्नी छोरीसँग निरन्तर पागलपनसहित बाँचिरहेको पात्रको रुपमा चित्रण गरेका छन्, जबसम्म १६ ...
। रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले अहिले भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि उछाल कमाइ गरिरहेको छ । नेपाली बक्सअफिसमा पनि यसको कमाइ उत्साहजनक देखिन्छ । भारतीय बक्सअफिसमा यसले छैटौं दिनसम्म १८८.६० करोड भारु कमाएको छ । यस सप्ताहन्तमा फिल्मले २०० करोड भारुको आँकडा पार गर्दै आफूलाई ब्लकबस्टरको रुपमा उभ्याउने निश्चित छ । शुक्रबार २८.६० करोड भारुको ...
। पपस्टार टेलर स्विफ्ट सन् २०२५ मा मनोरञ्जन तथा मिडिया क्षेत्रमा विश्वकै सबैभन्दा शक्तिशाली महिला घोषित भएकी छिन् । फोर्ब्स म्यागजिनले विहिबार यसवर्षको शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । स्विफ्ट सूचीको २१ औं स्थानमा छिन् । मनोरञ्जन विधातर्फ उनी पहिलो स्थानमा हुँदा टेलिभिजन पर्सनालिटी तथा सामाजिक अभियन्ता ओफ्रा विन्फ्रे सूचीको दोस्रो स्थानमा छिन् । पपस्टार ...
। आउँदो शनिबार हुने ‘पोखरा विन्टर फेस्ट’मा चर्चित भारतीय गायक सञ्जु राठोडले प्रस्तुति दिने भएका छन् । लेकसाइडको खहरेस्थित क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । राठोडका गीतहरू गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत हिट छन् । उनी केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण सांगीतिक प्रस्तुति ...