मुख्य समाचार
५ वर्षका जुम्ल्याहाले गरे आधारशिविरसम्मको पदयात्रा
५ वर्षका जुम्ल्याहाले गरे आधारशिविरसम्मको पदयात्रा

: विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको आधारशिविरसम्मको पदयात्रा गर्न रुचाउनेका लागि सौभाग्य नै हो। समुन्द्री सतहबाट ५ हजार ३ सय ६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधारशिविर पुग्न बर्सेनि हजारौंको संख्यामा नेपालीसँगै विदेशी आउने गर्छन्। यो पदयात्रा सहज भने छैन, अझ बालबालिका लिएर त्यहाँसम्म हिँडेर जाने परिकल्पना गर्न सकिँदैन। तर, पाँच वर्षका जुम्ल्याहा बालकले हिँडेर नै सगरमाथा आधारशिविरसम्मको यात्रा गरेका छन्। जुम्ल्याहा बालक त्रिजल कवाडी र त्रिनेश कवाडीले सगरमाथा आधारशिविरसम्मको यात्रा आफैंले हिँडेर तय गरे। उनीहरू २०७५ फागुन २१ गते मध्यपुर थिमि नगरपालिका– ७ भक्तपुरमा जन्मेका हुन्।


आमा सुजिता बाडे र बुवा राजेश कवाडीको साथमा सोलुखुम्बुको थामडाँडाबाट ६ दिनको यात्रापछि उनीहरू आधारशिविर पुगेका हुन्। भक्तपुर नगदेशका स्थानीय उनीहरू यही असोज २६ गते शनिबार आधारशिविर यात्राका लागि निस्किएका थिए। सल्लेरी हुँदै थामडाँडासम्म चारपाङ्ग्रे सवारीबाट यात्रा गरेका उनीहरूले थामडाँडाबाट आधारशिविरसम्मको यात्रा ६ दिनमा तय गरेको आमा सुजिता बाडेले बताइन्। उनीहरू आधारशिविर कात्तिक ३ गते दिउँसो ११ बजेर ४१ मिनेटमा पुगेको बाडेले जानकारी दिइन्। पहिलो पटक पाँच वर्षका बालबालिका र जुम्ल्याहा आधारशिविरसम्मको पदयात्रामा पुगेपछि त्यहाँको स्थानीय निकायहरू खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्ज बफर जोन व्यवस्थापन समितिले सफलताको प्रमाणपत्र दिएका छन्। ती निकायहरूले दिएको प्रमाणपत्रमा विश्व सम्पदा सूचीमा रहेको आधारशिविरसम्मको पदयात्रा सफलतापूर्वक सम्पन्न गरेको भनी उल्लेख छ।

गिनिज वल्र्ड रेकर्डका लागि २ वटा आवेदन




कवाडी दम्पतीले दुई छोराहरूले सानो उमेर र छोटो अवधिमा आधारशिविरसम्मको यात्रा तय गरेपछि गिनिज वल्र्ड रेकर्डका लागि आवेदन दिएका छन्। उनीहरूले वल्डै रेकर्डमा दुई वटा आवेदन दिएको आमा बाडेले जानकारी दिइन्। उनका अनुसार पाँच वर्षका जुम्ल्याहा बालकहरूले पदयात्रा सम्पन्न गरेको पहिलो विश्व रेकर्डमा र दोस्रो रेकर्ड ब्रेक गर्दै छोटो अवधि (६ दिन) मा नै आधारशिविरको यात्रा तय गरेकोमा निवेदन दिइएको छ। यसअघि सात घण्टा बालबालिकाले आधारशिविरसम्मको यात्रा तय गरेको रेकर्ड छ। अघिल्लो रेकर्ड लुक्लाबाट आधारशिविरसम्मको यात्रा सात दिनमा तय गरेको र आफ्ना छोराहरूले लुक्लाभन्दा ६ घण्टा वरैको थामीडाँडाबाट ६ दिनमा नै सम्पन्न गरेको आमा बाडेले जानकारी दिइन्। गिनिज वल्र्ड रेकर्डमा आवेदनका लागि नेपाल पर्यटन बोर्डले प्रशंसापत्र र सिफारिसपत्र उपलब्ध गराएको छ। यसै वर्षको कात्तिकमा विश्व रेकर्डका लागि आवेदन दिएको र ३ देखि ५ महिनामा औपचारिक जानकारी आउने उनले बताइन्।

छोटो दूरीबाट सुरु भएको थियो उनीहरूको पदयात्रा

स्थानीय लर्डबुद्ध इंगलिस सेकेन्डरी स्कुलमा यूकेजीमा पढ्ने त्रिजल र त्रिनेशले करिब साढे दुई वर्षको उमेरमा नुवाकोटको लताराम्बेश्वर महादेवको मन्दिरसम्म साढे तीन घण्टाको पदयात्रा गरेका थिए। बच्चा बोक्नलाई ब्याग (क्यारिङ ब्याग) पनि बोकेर गएको तर उनीहरूले हिँडेर नै उक्त यात्रा तय गरेको उनीहरूकी आमाले सुनाइन्। सोही वर्ष नै उनीहरूले हेलम्बुको आमा ह्याङ्ग्रीसम्म यात्रा करिब तीन घण्टाको र रसुवाको धुन्चेबाट गोसाइँकुण्डसम्म करिब दुई दिनको हिँडाइ तय गरेका थिए।

खासै स्वास्थ्य समस्या नभएका उनीहरूले सानैबाट पदयात्रामा रमाउने गरेको आमा सुजिता भन्छिन्। आधारशिविरसम्मको यात्रामा आफूहरूभन्दा बढी उनीहरू रमाएको पनि उनले सुनाइन्। आधारशिविर यात्राको क्रममा नै त्यहाँ स्थानीयहरूले यति सानो उमेरमा अहिलेसम्म नेपाली बच्चाहरू नआएको सुनाएपछि कवाडी दम्पतीले वल्र्ड रेकर्डका लागि पहल सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
। एआईबाट आफ्ना मौलिक गीतलाई तोडमोड गरेर पुनरुत्पादन गर्ने तथा प्रतिलिपि अधिकार उल्लंघन गर्ने ९५ युट्युब च्यानलविरुद्ध कलाकार विमल अधिकारीले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । केही दिनअघि उनले दर्ता गराएको उजुरीमा ती युट्युब च्यानलबाट क्षतिपूर्ति पाउनुपर्ने र कार्वाही हुनुपर्ने माग गरेका छन् । आफ्ना डेढसय जति गीतलाई एआईबाट तोडमोड गरेर सोसल मिडियामा हालिएको र ...
। पपगायक सुगम पोखरेलले आफ्ना मौलिक गीतलाई एआईबाट तोडमोड गरेर डिजिटल प्लाटफर्ममा हाल्नेविरुद्ध कानुनी कार्वाहीको चेतावनी दिएका छन् । उनले संगीतकर्मी समेत रहेका प्रधानमन्त्री बालेनको ध्यानाकर्षण पनि गराएका छन् । सामाजिक सञ्जालमार्फत सुगमले आफ्ना गीतलाई त्यसरी सोसल मिडियामा पोस्ट गर्नेको एकाउन्टको स्क्रिन सट पनि सेयर गरेका छन् । उनले यस्तो कार्य गैरकानुनी रहेको बताउँदै कानुनी दायरामा ...