— इन्टर मिलानले इटालीको सिरी ए मा बुधबार बोलोग्नासँग २–२ को निराशाजक बराबरी खेलेको छ । यससँगै डिफेन्डिङ च्याम्पियनले अंक तालिकामा आफ्नो उपस्थिति बलियो बनाउने अवसर गुमायो ।
यो खेल जितेको भए इन्टरले शीर्षमा रहेको नेपोलीसँगको दूरी एक अंकमा छोट्याउने थियो । इन्टरका लागि डेनजेल डुम्फ्रेस र लउटारो मार्टिनेजले गोल गरे । यस्तै बोलोग्नाका लागि सान्टियागो कास्ट्रो र इमिल होल्नमले गोल गरे ।
त्यसमध्ये होल्मले ६४ औं मिनेटमा गरेको गोलले खेल बराबरीमा टुंगेको हो । यो नतिजापछि नेपाली ४७, इन्टर ४४ र एटलान्टा ४३ अंकसँगै शीर्ष तीन स्थानमा रह्यो । लाजियो ३६ अंकमा चौथो स्थानमा छ ।