मुख्य समाचार
इजरायल र हमासले गाजामा १५ महिनादेखि जारी युद्ध रोक्न सहमति
इजरायल र हमासले गाजामा १५ महिनादेखि जारी युद्ध रोक्न सहमति

इजरायल र हमासले गाजामा १५ महिनादेखि जारी युद्ध रोक्न सहमति जनाएका छन्। युद्धविरामको अवधिमा हमासले गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहा गर्ने सहमति भएको छ। त्यसको बदलामा इजरायलले पनि हमासका मानिसहरूलाई रिहा गर्नेछ।


युद्धविरामको बारेमा आधिकारिक घोषणा भने हुन बाँकी नै छ। इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालयले हमाससँग युद्धविराम सम्झौता अझै नसकिएको बताएको छ।

तर अमेरिकी राष्ट्रपति जो बाइडेन र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले भने युद्धविराम सम्झौताको पुष्टि गरेका छन्। थानीले युद्धविराम जनवरी १९ देखि लागू हुने बताए।




अल जजीराको रिपोर्ट अनुसार थानीले बुधबार हमास र इजरायलका प्रतिनिधिहरूसँग भेट गरेका थिए। त्यसपछि यो सम्झौता भएको हो।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनिगाजामा युद्धविराम सम्झौता भएको जनाएका छन्। उनले मध्यपूर्वमा बन्धकहरूलाई रिहाइ गर्ने सम्झौता भएको जनाए।

७ अक्टोबर २०२३ देखि गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको थिए। यसमा दुवै पक्षका ४७ हजारभन्दा बढीको मृत्यु भएको छ।

युद्धविरामपछि के हुन्छ?

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायली सेना गाजा सीमाबाट ७०० मिटर पछाडि आफ्नो क्षेत्रमा सर्नुपर्ने हमासको शर्त छ। हाल यो युद्धविराम सम्झौता इजरायली मन्त्रिपरिषद्मा पेश हुन बाँकी छ। त्यहाँ अनुमोदन भएपछि युद्धविराम सम्झौता तुरुन्तै लागू हुनेछ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताको बारेमा बताउँदै हमासले चाँडै बन्धकहरूलाई रिहा गर्ने जनाएका छन्।

इजरायल र हमास बीचको युद्धविरामको पहिलो चरण कुल ४२ दिनसम्म रहन सक्छ। युद्धविराम सम्झौताको पहिलो चरणमा, हमासले ५ महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने छन्। अर्कोतर्फ इजरायलले यसको बदलामा २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछन्। १५ दिन पछि हमासले बाँकी बन्धकहरूलाई पनि रिहा गर्नेछन्। यसैबीच, दुवै पक्षले स्थायी युद्धविरामको बारेमा छलफल गर्नेछन्।

कतार र अमेरिकाको मध्यस्थतामा सम्झौता

यो सम्झौता इजिप्ट, कतार र अमेरिकाको सहयोगमा कतारको राजधानी दोहामा भएको हो। इजरायलको प्रतिनिधित्व मोसादका प्रमुख डेभिड बार्निया र शिन बेटका प्रमुख रोनेन बारले गरेका थिए।

अमेरिकाको तर्फबाट ट्रम्पका दूत स्टिभ विटकफ र बाइडेनका दूत ब्रेट म्याकगर्क उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम