मुख्य समाचार
लस एन्जलसमा लागेको आगलागीमा २५ जनाको मृत्यु भएको र ३० जना बेपत्ता
लस एन्जलसमा लागेको आगलागीमा २५ जनाको मृत्यु भएको र ३० जना बेपत्ता

: अमेरिकाको लस एन्जलसमा लागेको आगलागीमा २५ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएका जनाइएको छ। समाचार एजेन्सी एपीका अनुसार ९० हजार मानिसहरूलाई शहर छोड्न अलर्ट दिइएको छ।


आगलागी भएको स्थान वरपर चोरीको घटना पनि बढेको छ। प्रहरीले हालसम्म प्रभावित क्षेत्रबाट ५० जनालाई पक्राउ गरिसकेको छ। यी व्यक्ति डकैती, आगलागी प्रभावित क्षेत्रहरूमा ड्रोन उडाउने र कर्फ्यू उल्लंघन गर्ने जस्ता आरोपमा पक्राउ परेका हुन्।

मंगलबार हावाको गति पूर्वानुमान भन्दा कम थियो, जसले उद्धार टोलीहरूलाई आगो नियन्त्रणमा धेरै मद्दत गरेको थियो। हाल, पालिसेड्स र इटन बाहेक सबै क्षेत्रमा आगो लगभग नियन्त्रणमा आइसकेको पनि जनाइएको छ। अहिलेसम्म आगलागीबाट १२,००० भन्दा बढी भवनहरू ध्वस्त भइसकेका छन् । लगभग १५५ वर्ग किलोमिटर क्षेत्रफल जलेर धवस्त भएको छ।




तर अमेरिकाको राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अझै पनि पूर्ण रूपमा खतराबाट बाहिर नभएको बताएको छ।

लस एन्जलसको विभिन्न ठाउँमा आगलागी भएर विकराल अवस्था निम्त्याउने आगलागी कहाँबाट सुरु भएको थियो भन्ने विषयमा धेरै थरी हल्लाहरु छन्।

'एक जनाको जंगलमा आगो लगाएको जसले पछि ठूलो रुप लियो'

सामाजिक सञ्जालमा एक व्यक्तिले सुरुमा क्यालिफोर्नियाको जंगलमा आगो लगाएको र त्यही आगो फैलिएर यति विकराल रुप लिएको हो भन्ने हल्ला पनि रहेको छ। लस एन्जलस प्रहरीले यस घटनामा एक संदिग्धलाई पक्राउ गरेको पनि उल्लेख गरिन्छ।

तर स्थानीय अग्निनियन्त्रक प्रमुख डेभिड अकुनाले भने कसैले आगो लगाएर आगलागी सुरु भएको हुन सक्ने दाबीलाई अस्वीकार गरेका छन्। आकुनाले आगो कसैले लगाएको कुनै प्रमाण हालसम्म नभएको बताए।

'सान्ता साना' हावाले अमेरिकामा आगलागी निम्त्यायो

क्यालिफोर्नियाको लस एन्जलस शहर पहाडहरूको बीचमा अवस्थित छ। यहाँ सल्लाका जंगलहरू छन्। अघिल्लो हप्ताको मंगलबार सुकेका सल्लाका रूखहरू जल्दा आगलागी सुरु भएको जनाइएको छ।

आगलागी सुरु भएको केही घण्टामा नै आगोले लस एन्जलसको ठूलो क्षेत्रलाई ध्वस्त पार्यो। जङ्गलमा आगलागी भएपछि, लगभग १६० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको 'सान्ता साना' हावाले आगोलाई तीव्र गतिमा बढायो।

शरद ऋतुमा चल्ने हावा धेरै तातो हुन्छ। यसले दक्षिणी क्यालिफोर्नियालाई सबैभन्दा बढी असर गर्ने गरेको छ। यी हावाहरू ग्रेट बेसिनको मरुभूमि क्षेत्रहरूमा उत्पन्न हुन्छन् र पश्चिमी तटतिर सर्दै जाँदा गति बढ्छ।

क्यालिफोर्नियामा विगत ५० वर्षमा ७८ भन्दा बढी आगलागी

क्यालिफोर्नियाले केही वर्षदेखि खडेरी भोगिरहेको छ। क्षेत्रमा ओसको अभाव छ। यसबाहेक, यो राज्य अमेरिकाका अन्य क्षेत्रहरू भन्दा धेरै तातो छ। यही कारणले गर्दा गर्मी मौसममा यहाँ बारम्बार जंगलमा आगलागी हुने गर्छ। यो क्रम वर्षायाम नआउन्जेलसम्म जारी रहन्छ। तर, पछिल्ला केही वर्षहरूमा हरेक मौसममा आगलागीका घटनाहरू बढेका छन्।

विगत ५० वर्षमा, क्यालिफोर्नियाका जंगलहरूमा ७८ भन्दा बढी आगलागी भइसकेको छ। क्यालिफोर्नियामा जंगल नजिकै आवासीय क्षेत्रहरू बढेका छन्। यस्तो अवस्थामा आगलागीबाट हुने क्षति बढी हुन्छ।

१९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कमा लागेको आगलागी क्यालिफोर्नियाको सबैभन्दा ठूलो आगलागी थियो। यसले लगभग ८३ हजार एकड क्षेत्रफललाई डढेलो लगायो। करिब ३ लाख मानिसहरू आफ्नो घर छोडेर अन्य शहरहरूमा जान बाध्य भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...