मुख्य समाचार
इजरायल र हमासबीचको युद्ध कहिले रोकिएला ?
इजरायल र हमासबीचको युद्ध कहिले रोकिएला ?

— इजरायल र हमासबीच १५ महिना लामो युद्ध अन्त्यको दिशातिर थप उल्लेख्य प्रगति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौताको मस्यौदा तयार भएको छ । यस्तो मस्यौदा युद्धविरामको मध्यस्थ गरिरहेको कतारले सोमबार दुवै पक्षलाई पठाएको थियो ।


प्रस्तावित मस्यौदाअनुसार प्रगति भएको खण्डमा गाजामा ४२ दिनका लागि लडाइँ रोकिनेछ र दर्जनौँ इजरायली बन्धकहरू र सयौँ प्यालेस्टिनी कैदीहरू रिहा हुनेछन् ।


मस्यौदाअनुसार पहिलो चरणमा इजरायली सेना गाजाको किनारातिर फिर्ता हुनेछ, र धेरै प्यालेस्टिनीहरू आफ्ना बाँकी रहेका घरमा फर्कन सक्नेछन् । त्यसपछि सहायता आपूर्तिको काम अघि बढ्नेछ । एसोसिएट प्रेसले युद्धविराम पहिलो चरण पछिसम्म टिक्छ कि टिक्दैन भन्ने प्रश्न भने कायमै रहेको जनाएको छ ।

एसोसिएट प्रेसले केही साताभित्र सुरु हुने अपेक्षा गरिएको नयाँ चरणको वार्तामा इजरायल, हमास, अमेरिका, इजिप्ट र कतारी मध्यस्थहरूले गाजा कसरी शासित हुनेछ भन्ने जटिल मुद्दा समाधान गर्नुपर्ने विषय प्रवेश गर्नुपर्नेछ । यो चरणमा उल्लेख्य प्रगति नभएमा अहिले भएको वार्ताको प्रगति शून्यमा झर्न सक्छ । यदि दोस्रो चरण सुरु गर्न ४२ दिनभित्र कुनै सम्झौता भएन भने, इजरायलले गाजामा हमासलाई नष्ट गर्न पुनः आफ्नो आक्रमण सुरु गर्न सक्छ : यद्यपि दर्जनौँ बन्धकहरू अझै हमासको नियन्त्रणमा रहन सक्छन्।

हमासले युद्धविराम सम्झौताको मस्यौदामा सहमति जनाएको दुई अधिकारीहरूले पुष्टि गरेका छन्। तर इजरायली अधिकारीहरूले भनेका छन् कि सम्झौताका विस्तृत विवरणहरू अझै टुंगिएको छैन, जसको अर्थ केही सर्तहरू परिवर्तन हुन सक्छन् वा सम्पूर्ण सम्झौता नै असफल हुन सक्छ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार हमास र इजरायली अधिकारीहरूले सोमबार एउटै भवनमा ६ घण्टा अप्रत्यक्ष वार्ता गरेका थिए । इजरायली सञ्चार माध्यमहरूले सम्भावित युद्धविराम सम्झौता तीन चरणमा लागू हुने जनाएका छन् । पहिलो चरणमा गाजामा बन्दी रहेका ३३ इजरायली बन्दीहरूलाई रिहा गरिनेछ । त्यसको बदलामा इजरायलले प्रत्येक महिला सिपाहीको सट्टामा ५० प्यालेस्टिनी कैदी र हमासले बन्दी बनाएका हरेको सट्टामा ३० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

इजरायल र हमासबीच जारी वार्ता नेपालका निम्ति किन चासोको विषय भइरहेको छ भने, हमासको नियन्त्रणमा नेपालका विपिन जोशी रहेका छन् । वार्ता सफल भएको खण्डमा अपहरणमा रहेका विपिनसहितका बन्धकहरू छुटेनछन् ।


परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोन वार्ता गरेकी थिइन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम