मुख्य समाचार
खराब मौसमका कारण जय ट्रफीको फाइनल खेल प्रभावित
खराब मौसमका कारण जय ट्रफीको फाइनल खेल प्रभावित

: वीरगन्जमा जारी जय ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि मंगलबारदेखि सुरु त्रिदिवसीय फाइनल खेलको पहिलो दिन नेपाल पुलिस क्लबले ८५ रनमात्र बनाएको छ।


नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबसंग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १७ ओभरमा २ विकेट गुमाएर ८५ रनमात्र बनाएको हो। फाइनल खेल बिहान ९.३० बजेनै सुरु हुने भनिए पनि खराब मौसमका कारण खेल निर्धारित समय भन्दा पाँच घण्टा ढिलो गरी सुरु भएको थियो। मैदानमा बाक्लो हुस्सु लागेर भिजिबिलिटी नै कम भएपछि खेल दिउँसो २.३० बजेदेखि खेल सुरु भएको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

खराब मौसमकै कारण पुलिसले १७ ओभरमात्र खेलेर २ विकेटको क्षतिमा ८५ रन बनाएको अवस्थामा रेफ्रीले पहिलो दिनको खेल समाप्तिको घोषणा गरेका थिए। पहिलो दिनको खेल सकिँदा पुलिसका कुशल भुर्तेल ५० रन र अर्जुन शाउद शून्य रनका साथ क्रिजमा अविजित छन्। अमित श्रेष्ठ २० रन बनाएर पेभेलियन फर्किए भने ओपनर ब्याटर दिलिप नाथ भने पहिलो बलमै डक आउट हुन पुगे। बलिङ्तर्फ आर्मीका सोमपाल कार्मी र साहब आलमले समान एक–एक विकेट लिए।


अब बुधबार बिहानदेखि सुरु हुने दोस्रो दिनको खेल पुलिसले १८ औं ओभरबाट सुरु गर्नेछ। गत वर्ष माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा भिडेका यी दुवै टिम जय ट्रफीको उपाधिका लागि पनि फाइनलमा भिडिरहेका हुन्। गत वर्षको प्रधानमन्त्री कपको फाइनलमा पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

जारी प्रतियोगिताको समूह चरणको खेलमा शीर्ष दुई स्थानमा रहेका पुलिस र आर्मी प्रतियोगिताको फाइनल खेलिरहेका हुन्। समूह चरणमा समान तीन खेलमा पुलिसले ६६ र आर्मीले ५५ अंक बटुलेको थियो।
प्रतियोगितामा सहभागी अन्य टोलीमध्ये तेस्रो स्थानमा रहेको बागमतीले ४१.५ र पुछारमा रहेको मधेस प्रदेशले ३१ अंक पाएको थियो। समूह चरणको खेलमा पुलिसले दुई खेल जितेको थियो भने एकमा बराबरी भएको थियो। आर्मीले भने एकमा जित हात पारेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...