मुख्य समाचार
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

: जापानको दक्षिण-पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउनसक्ने जापानी अधिकारीहरूले चेतावनी दिएका छन्।


जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१:१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ।

जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...
: नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा सम्झौतामा हस्ताक्षर भएको हो। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ)बराबरको ऋण सहायता उपलब्ध गराएको हो। जाइकामार्फत् प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, ...