मुख्य समाचार
आवासीय चिकित्सकलाई एकपटकमा २४ घण्टाभन्दा लामो ड्युटी नलगाउन सिफारिस
आवासीय चिकित्सकलाई एकपटकमा २४ घण्टाभन्दा लामो ड्युटी नलगाउन सिफारिस

। आवासीय चिकित्सकहरूको श्रमशोषण भइरहेको निष्कर्ष निकालिएको छ ।
आवासीय चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा–सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्नेलगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिले यस्तो निष्कर्ष निकालेको हो ।

नेपालमा रहेका आवासीय तथा इन्टर्न चिकित्सकले लगातार ४० घण्टासम्म काम गर्नुपर्ने, २४ घण्टे ड्युटी महिनाको १५ वटासम्म लगाउने गरेको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।




‘आवासकीय चिकित्सकको हकमा नेपाल मेडिकल काउन्सिलको निर्देशिका २०१७ र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधिजस्तै साताको अधिकतम दुईवटा २४ घण्टा डुयुटी मात्र गराउन मिल्ने र एकपटकमा २४ घण्टाभन्दा लामो ड्युटी लगाउन नपाइने व्यवस्था गर्ने,’ प्रतिवेदनमा भनिएको छ ।

लगातार लामो समय अनिँदो रहेर सेवा दिँदा चिकित्सकको स्वास्थ्य एवम् बिरामीको स्वास्थ्य सेवामा पनि नकारात्मक असर पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।



‘लगातार लामो समय अनिँदो रहेर सेवा दिँदा चिकित्सकको स्वास्थयमा विभिन्न नकारात्मक असरहरू पर्ने गरेको अध्ययनले देखाएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘लामो समय सेवा दिँदा बर्न आउट, भावनात्मक थकावट, डिपे्रशन र आत्महत्याको जोखिम बढेको छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७९ मा एक आवासीय चिकित्सकको ड्युटीकै समयमा ३० वर्षको अल्पायुमा हृदयाघातका कारण मृत्यु भएको सन्दर्भ पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले इन्टर्न चिकित्सकको हकमा आठौं तह मेडिकल अधिकृतको सुरु तलबको ५० प्रतिशत र आवासीय (एमडी र एमएस र एमडीएस) चिकित्सकको हकमा भने आठौं तह मेडिकल अधिकृतको सुरु तलब बराबर दिन सुझाएको छ ।

आवासीय (डीएम र एमसीएच) चिकित्सकको हकमा भने नवौं तहको सुरु तलबबराबर चाडपर्व भत्तासमेत गरी वर्षमा जम्मा १३ महिनाको निर्वाह भत्ताको मापदण्ड निर्धारण गर्ने भनिएको छ ।

गैरसरकारी स्वास्थ्य संस्थामा काम गर्ने आवासीय तथा इन्टर्नबाहेकका अन्य चिकित्सक र स्वास्थ्यकर्मीको हकमा न्यूनतम सरकारीसरह पारिश्रमिक हुनुपर्ने निर्णय नेपाल सरकारले गर्नुपर्ने प्रतिवेदनमा उल्लेखमा छ ।

‘सो व्यवस्था पालना नगर्ने संस्थाको दर्ता खारेज गरिने निर्णय नेपाल सरकारले गर्ने । उक्त व्यवस्थाको पूर्णपालना भएको सुनिश्चित गर्नका लागि प्रचलित कानुन बमोजिमको समितिले नियमित रूपमा अनुगमन गर्ने तथा नवीकरणका लागि त्यससम्बन्धी यकिन गर्ने कागजात अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था गर्ने,’ प्रतिवेदनमा भनिएको छ ।

नेपालका निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सक १८ देखि २४ हजार र इन्टर्न चिकित्सक १० देखि १३ हजार प्राप्त गरिरहेको उक्त समितिले अध्ययनका क्रममा पाएको छ ।

प्रशिक्षार्थी भएर पूर्णकालीन चिकित्सककै सीप र क्षमतासहित काम गर्ने आवासीय चिकित्सकलाई यो व्यवस्था निकै अन्यायपूर्ण गरेको समितिले ठहर गरेको छ ।

चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन गरिरहेका आवासीय चिकित्सकले अध्ययनसँगै विशेषज्ञ चिकित्सक निगरानी रहेर बिरामीको सेवा गर्नुपर्ने हुन्छ ।

आवासीय चिकित्सकले अस्पतालमा भर्ना भएका र आकस्मिक उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्ने, भर्ना गर्ने, विभिन्न वार्डमा जिम्मेवारी लिएर काम गर्नुपर्ने, डिस्चार्ज गर्ने लगायत काममा निरन्तर खटिनुपर्छ । बिरामी भर्ना गरेर राख्नुपर्ने इन प्यासेन्ट वार्ड र सर्जरी सेवा विभागहरूमा कार्यरत आवासीय चिकित्सकले बढी समय ड्युटी गर्नुपर्छ ।

‘सरकारी मेडिकल कलेजको दाँजोमा सबै गैर सरकारी मेडिकल कलेजले आवासीय र इन्टर्न चिकित्सकलाई आधाभन्दा कम निर्वाह भत्ता दिने गरेको पाइयो । अध्ययन गर्दा लाग्ने समय र खर्च तथा काम गर्दा हुने जोखिम लगायतका कुराको आधारमा चिकित्सकको पारिश्रमिक निकै कम रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

चिकित्सा शिक्षा नियमावली संशोधन गरी आवासीय चिकित्सकलाई पूर्णकालीन चिकित्सक सहर कायम गर्न पनि समितिले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपको बीईएसएसवाई २ सिनक्रोट्रोन फ्यासिलिटीमा एउटा अत्याधुनिक सुपरकन्डक्टिङ एक्सरे स्पेक्ट्रोमिटर सञ्चालनमा आएको छ। ट्रान्जिसन एज सेन्सर प्रविधिमा आधारित यो युरोपको पहिलो प्रणाली हो जसले फोटोन पत्ता लगाउने क्षमतालाई पारम्परिक उपकरणको तुलनामा १०० देखि १ हजार गुणासम्म बढाएको छ। यस ठूलो प्रविधिको विकासले वैज्ञानिकहरूलाई परमाणु जत्तिकै पातलो पदार्थ, नानोसंरचना र अत्यधिक पातलो नमूनाहरूको तीव्र गति र ...
। मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको बताएको हो । विभागका अनुसार ४ चैत २०८२ मा मोरङ जिल्लाबाट सुरु भएको यो संक्रमण हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, ...
। रेबिज संक्रमणबाट काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक जनाको मृत्यु भएको छ । शुक्रबार भर्ना भएका ४८ वर्षीय पुरुषको उपचारको क्रममा टेकु अस्पतालमा शनिबार मृत्यु भएको हो । ‘संक्रमित उक्त व्यक्ति शुक्रबार भर्ना हुनुभएको थियो,’ अस्पतालको मेडिकल रेकर्डर शाखाका प्रमुख समीर अधिकारीले भने, ‘उपचारको क्रममा शनिबार मृत्यु भयो ।’ उपचारमा संलग्न चिकित्सकका अनुसार ती व्यक्तिले रेबिजविरुद्धको खोप (एआरभी) ...
। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ । चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू ...
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...