मुख्य समाचार
लस-एन्जलसमा लागेको विनाशकारी डढेलोबाट प्रभावितलाई सघाउन हलिउड सेलेब्रिटी एकजुट
लस-एन्जलसमा लागेको विनाशकारी डढेलोबाट प्रभावितलाई सघाउन हलिउड सेलेब्रिटी एकजुट

। अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित सहर लस-एन्जलसमा लागेको विनाशकारी डढेलोबाट प्रभावितलाई सघाउन हलिउड सेलेब्रिटी एकजुट भएका छन् । उनीहरूले धमाधम सहयोगी हात अघि बढाएका छन् ।

१६ वर्षीय छोरा नक्ससँग किराना सामान लोड गरिरहेको देखिएकी अभिनेत्री एन्जेलिना जोलीले आफू नजिकका मानिसलाई हेरचाह गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले भनिन्, ‘अहिले, म मेरो नजिकका मानिसको हेरचाह गर्दैछु । तिनीहरूलाई मेरो घरमा राख्दैछु ।’




अभिनेता र निर्माता जेमी ली कर्टिस, उनको श्रीमान् र बच्चाले प्रभावितलाई सघाउन आफ्नो फाउण्डेसनबाट १ मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका छन् ।

अभिनेता शेरोन स्टोनले प्रयोग गरिएको लुगा र अत्यावश्यक सामाग्रीहरू स्थानीय कूप नामक बुटिकमा दान गर्न आग्रह गरेका छन् । जुन बुटिक अहिले खाँचो परेका व्यक्तिका लागि अत्यावश्यक थलोको रुपमा परिणत भएको छ ।



प्रतिक्रियामा अभिनेत्री हेले बेरीले यो कार्यको लागि स्टोनलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘म मेरो सम्पूर्ण सामान प्याक गर्दै कूप बुटिकतिर जाँदैछु । यो हामीले गर्न सक्ने कुरा हो । सबै विस्थापित परिवारलाई आजै मद्दत गर्नुहोस् ।’

गायक चार्ली एक्ससीएक्सले इन्स्टाग्राममा सेयर गरे, ‘सार्वजनिक नजरमा रहेको व्यक्तिको रूपमा मलाई प्रायः ब्रान्डले मलाई केही उपहार र चीज पठाउँछन् । म वास्तवमै यसको आवश्यकता भएका मानिसलाई दान दिन म ब्राण्डलाई प्रोत्साहित गर्न चाहन्छु । कुनै पनि ब्रान्डहरूले कृपया ती मानिसलाई दान गर्नुहोस् जो भयानक आगोबाट पीडित छन् ।’

मिडिया पर्सनालिटी पेरिस हिल्टन जसको मालिबुस्थित घर पालिसेड्सको आगलागीमा परेको थियो । उनले सहरको पुननिर्माणमा मद्दत गर्ने वाचा गरेकी छन् । उनले प्रभावित समुदायलाई सहयोग प्रदान गर्न गैरनाफामुखी संस्थासँग काम गरिरहेको बताएकी छन् । सुरुमा १ लाख डलर सहायता घोषणा गरेकी उनले अर्को एकलाख डलर दिने योजना बनाएकी छन् ।

गायिका सेलेना गोमेजले दक्षिणी क्यालिफोर्निया वाइल्ड फायर रिलिफ फन्डमा ५० मिलियन डलर चन्दा दिएकी छन् । मेकअप अर्बपति काइली जेनरले क्यालिफोर्निया फायर फाउन्डेशन वाइल्ड फायर र आपतकालिन राहत कोषमा राहत रकम प्रदान गरेकी छन् ।

कार्दशियन-जेनर परिवारले आगो निभाउनेलाई खाना उपलब्ध गराउने र किमको स्क्मि ब्रान्डमार्फत स्थानीय संस्थाहरूलाई दान गर्ने घोषणा गरेको छ । अभिनेता जेनिफर गार्नरले पनि डढेलोबाट प्रभावितलाई खाना वितरण गर्न मद्दत गरेका छन् । मेघन मार्कल र प्रिन्स ह्यारीले अरूलाई आवश्यक दान गर्न आहवान गरे । मार्कललाई एउटा भिडियोमा खाना खुवाउँदै र परिवारसँग अन्तरक्रिया गरिरहेको पनि देखियो ।

गायिका बियोन्सेले आगोबाट प्रभावित परिवारलाई सहयोग गर्न आफ्नो गैरनाफामूलक संस्था बेगुडबाट २.५ मिलियन डलर सहायता घोषणा गरेकी छन् । अभिनेत्री इभा लङ्गोरियाले पनि फ्रन्टलाइन कामदार र खाँचोमा परेका परिवारलाई सहयोग गर्न ५० हजार डलर सहायता दिने भएकी छन् । गायिका जेनिफर लोपेज र गायिका म्यान्डी मूरले समुदायको महत्वलाई जोड दिँदै प्रभावित क्षेत्रको पुननिर्माणमा सघाउने वाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम