मुख्य समाचार
आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित
आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित

— आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो ।



मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन् ।


यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिइन् ।

नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ । माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया रहेका छन् । नेपालले माघ ५ गते बङ्गलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...