मुख्य समाचार
इजरायलले हमाससँग बन्धक आदनप्रदान गर्नेसहितको युद्धविरामको सहमति नजिक
इजरायलले हमाससँग बन्धक आदनप्रदान गर्नेसहितको युद्धविरामको सहमति नजिक

— इजरायलले हमाससँग बन्धक आदनप्रदान गर्नेसहितको युद्धविरामको सहमति नजिक भएको जनाएको छ । हमासको नियन्त्रणमा नेपाली नागरिक विपिन जोशीसहित ९४ जना रहेका छन् ।



कतारमा आइतबार रातभर भएको दुई पक्षबीचको बैठकमा दुवै पक्षले आआफ्नो नियन्त्रणमा रहेको बन्धकलाई रिहाई गर्ने गरी सहमतिमा हस्ताक्षर गर्ने चरणमा प्रवेश गरेको जनाएको हो । ‘हामीले बन्धक सम्झौता गर्ने सहमतिको नजिक पुगेका छौं । हमासको अन्तिम स्वीकृतिको पखाईमा बसिरहेका छौं,’ इजरायली अधिकारीहरूको भनाइ उद्धृत गर्दै इजरायली सञ्चारमाध्यम द इजरायल टाइम्सले उल्लेख गरेको छ ।


हमासले पनि बन्धकलाई रिहा गर्ने र युद्धविराम गर्ने सम्झौतामा प्रगति भएको पुष्टि गरेको द इजरायल टाइम्समा उल्लेख छ । ‘इजरायली जेलमा भएकाहरू हाम्रा साहसी नागरिक स्वतन्त्र हुने समय धेरै नजिक छ,’ हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दोहामा रातभर भएको वार्तामा सफलता प्राप्त भएपछि यो विज्ञप्ति आएको बताइएको छ । एक कतारी अधिकारीले ‘इजरायल र हमास दुवैलाई प्रस्तावको 'अन्तिम मस्यौदा हस्तान्तरण गरिएको' जनाएको छ । अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका २५१ बन्धकहरूमध्ये ९४ जना गाजामा नै रहेको विश्वास गरिएको छ । जसमा इजराली सेनाले मृत्युको पुष्टि गरिएका कम्तीमा ३४ जनाको शव पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...