मुख्य समाचार
इजरायलले हमाससँग बन्धक आदनप्रदान गर्नेसहितको युद्धविरामको सहमति नजिक
इजरायलले हमाससँग बन्धक आदनप्रदान गर्नेसहितको युद्धविरामको सहमति नजिक

— इजरायलले हमाससँग बन्धक आदनप्रदान गर्नेसहितको युद्धविरामको सहमति नजिक भएको जनाएको छ । हमासको नियन्त्रणमा नेपाली नागरिक विपिन जोशीसहित ९४ जना रहेका छन् ।



कतारमा आइतबार रातभर भएको दुई पक्षबीचको बैठकमा दुवै पक्षले आआफ्नो नियन्त्रणमा रहेको बन्धकलाई रिहाई गर्ने गरी सहमतिमा हस्ताक्षर गर्ने चरणमा प्रवेश गरेको जनाएको हो । ‘हामीले बन्धक सम्झौता गर्ने सहमतिको नजिक पुगेका छौं । हमासको अन्तिम स्वीकृतिको पखाईमा बसिरहेका छौं,’ इजरायली अधिकारीहरूको भनाइ उद्धृत गर्दै इजरायली सञ्चारमाध्यम द इजरायल टाइम्सले उल्लेख गरेको छ ।


हमासले पनि बन्धकलाई रिहा गर्ने र युद्धविराम गर्ने सम्झौतामा प्रगति भएको पुष्टि गरेको द इजरायल टाइम्समा उल्लेख छ । ‘इजरायली जेलमा भएकाहरू हाम्रा साहसी नागरिक स्वतन्त्र हुने समय धेरै नजिक छ,’ हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दोहामा रातभर भएको वार्तामा सफलता प्राप्त भएपछि यो विज्ञप्ति आएको बताइएको छ । एक कतारी अधिकारीले ‘इजरायल र हमास दुवैलाई प्रस्तावको 'अन्तिम मस्यौदा हस्तान्तरण गरिएको' जनाएको छ । अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका २५१ बन्धकहरूमध्ये ९४ जना गाजामा नै रहेको विश्वास गरिएको छ । जसमा इजराली सेनाले मृत्युको पुष्टि गरिएका कम्तीमा ३४ जनाको शव पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप