मुख्य समाचार
युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाए
युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाए

— युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाएका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार २ हजार ७ सय सैनिक घाइते भएका छन् ।

दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार युक्रेनविरूद्धको युद्धमा सघाउनका लागि उत्तर कोरियाले १० हजार सैनिक रूस पठाएको जनाएको छ । ती सैनिकहरू उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङलाई प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रूसी प्राविधिक सहयोगको बदलामा पठाएको दाबी गरिएको छ ।

गत शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशका सेनाले कोरियाका दुई सैनिकलाई घाइते अवस्पथामा पक्राउ गरेको जनाएका थिए । ती सैनिकलाई सोधपुछ गरिएको जनाउँदै उनले युक्रेनी सैनिकसँग साटासाटको सम्भावना रहेको बताएका थिए ।

'रूसमा उत्तर कोरियाली सेनाको तैनाथी कुर्क्स् क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको छ । तीन हजारभन्दा बढी उत्तर कोरियाली सेनाको ज्यान गएको अनुमान गरिएको छ,' सांसद ली सियोङ–क्वेनले नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) को ब्रिफिङपछि पत्रकारसँग भने, 'करिब ३ सयको मृत्यु र दुई हजार ७ सय सैनिक घाइते भएको पुष्टि भइसकेको छ ।'

उत्तर कोरियाको ‘स्टोर्म कोर’का ती सैनिकलाई बन्दी बन्नु भन्दा आत्महत्या गर्न आदेश दिइएको लीको भनाइ छ । 'विशेष गरी मृतक सैनिकमा फेला परेका मेमोले उत्तर कोरियाली अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुअघि आत्महत्या गर्न वा आत्मघाती विस्फोट गर्न दबाब दिइएको संकेत मिलेको छ,' उनले भने ।

पक्राउ पर्न लागेका उत्तर कोरियाका एक सैनिकले ‘जनरल किम जोङ उन’ भन्दै चिच्याएर ग्रेनेड विष्फोट गर्ने प्रयास गरेको लीको दाबी छ ।उत्तर कोरियाली सैनिकले ‘आधुनिक युद्धबारे नबुझेका’ले पनि हताहत हुनेको सैनिकको संख्या उच्च रहेको जनाइएको छ । एनआईएसले यसअघि युक्रेन युद्धमा ११ सय उत्तर कोरियाली सैनिकले ज्यान गुमाएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...