मुख्य समाचार
बायर्न म्युनिकले बोरुसिया मोन्चेनग्लाडबाखलाई १–० ले हराए
बायर्न म्युनिकले बोरुसिया मोन्चेनग्लाडबाखलाई १–० ले हराए

— ह्यारी केनले दोस्रो हाफमा पेनाल्टीबाट गरेको गोल मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा बोरुसिया मोन्चेनग्लाडबाखलाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आफ्नो चार अंकको अग्रतालाई कायम राखेको छ ।



खेल सकिन २० मिनेट अगाडि माइकल ओलिसलाई मोन्चेनग्लाडबाखका लकास उलरिचले बक्समा लडाएका थिए र त्यसमै प्राप्त पेनाल्टीलाई केनले गोलमा परिणत गरेका थिए ।


पूरा खेल अगाडिमा चुपचाप रहेका इंग्लिस कप्तान पेनाल्टीमा भने प्रभावशाली रहे । त्यस अगाडि डिफेन्डिङ बायर लेभरकुजनलले बोरुसिया डर्टमुन्डलाई ३–२ ले हराएको थियो र बायर्नसँगको दूरी छोट्याएको थियो ।

केन अन्तिम पटक सन् २०२२ को विश्वकपमा फ्रान्सविरुद्ध पेनाल्टी चुकेका थिए । त्यसयता इंग्ल्यान्ड र बायर्नका लागि उनले लगातार २६ पेनाल्टीलाई गोलमा परिणत गरेका छन् ।

खेलपछि बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले भने, ‘हामी एक गोलका जितमा खुसी छौं । सम्भवतः अझ केही गोल भने गर्नु पर्ने थियो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...