मुख्य समाचार
पुलिस र आर्मी फाइनल खेल भने तीन दिवसीय हुने
पुलिस र आर्मी फाइनल खेल भने तीन दिवसीय हुने

— जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भीड्ने भएका छन् । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुई दिवसीय संरचनामा भएका थिए । तर अब फाइनल खेल भने तीन दिवसीय हुनेछ ।



पुलिस क्लबले जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसित बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा मधेश प्रदेशलाई एक इनिङ्स र ३२ रनले पराजित गरेको थियो । बागमतीसँग विजय हात पार्न पुलिसलाई खासै ठूलो चुनौतीको सामना गर्नु परेन ।


पुलिसले १ सय १६ रनको लक्ष्य २३ ओभरमा पूरा गरेको थियो । ओपनर दिलीप नाथ ४ रनमा आउट भए पनि कुशल भुर्तेल र अमित श्रेष्ठले आक्रामक खेल्दै ३२ बलमा ४३ रनको साझेदारी गरे । आरिफ शेखको अनुपस्थितिमा कप्तानी गरिरहेका कुशलले १९ बल खेली ४ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए ।

पहिलो इनिङ्समा पनि ७९ रन बनाएका अमितले दोस्रो इनिङ्समा पनि अर्धशतक बनाए । उनले ४५ बलमा ५६ रन बनाउने क्रममा ९ चौका प्रहार गरे । शंकर राना १ र रसिद खान शून्यमा आउट भए । अर्जुन साउद २० र प्रेम तामाङ १ रनमा अविजित रहे । बागमतीका कप्तान सन्दीप लामिछानेले २ तथा नन्दन यादव, प्रतिश जीसी र सूर्य तामाङले १–१ विकेट लिए ।

यसअघि बिनाक्षति ८ रनबाट दोस्रो दिनको खेल प्रारम्भ गरेको बागमतीको दोस्रो इनिङ्स ५३ ओभरमा २ सय १८ रनमा टुंगिएको थियो । इशान पाण्डे ३ रनमा आउट भएपछि रित गौतम र शुभ कंसाकारले दोस्रो विकेटमा १ सय ९ रन जोडेका थिए । ४४ बलमा अर्धशतक पूरा गरेका शुभले ७४ बलमा ७२ रन बनाए । उनले १० चौका र १ छक्का प्रहार गरे ।

रितले ९३ बल खेली ८ चौकासहित ५२ रन बनाए । रोशन विक ४, उत्तम थापामगर १४, प्रतीक श्रेष्ठ १३, नन्दन १०, सन्दीप १६, प्रतिश ३ रनमा आउट भए । सूर्य र रिजन ढकालको जोडीले अन्तिम विकेटमा २४ रनको साझेदारी गरेका थिए । सूर्य ३० बल खेली २ चौका प्रहार गर्दै १६ रनमा आउट भए ।




रिजन १० रनमा अविजित रहे । पुलिसका देब्रेहाते स्पिनर ललित राजवंशीले २० ओभर गर्दै ५९ रन खर्चेर श्रवण यादवले ९ ओभर गर्दै ३३ रन खर्चेर २ तथा गुलशन झा, रसिद, कुशल र प्रेमले १–१ विकेट लिए । जय ट्रफीको फाइनल खेल वीरगन्जस्थित नारायणी रंगशालामा हुनेछ । फाइनल खेल्न पुलिस टोली सोमबार वीरगन्ज पुग्नेछ ।

८ विकेटले आर्मी विजयी

त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । नारायणी रंगशालामा आर्मीले २८ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गरी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

फलोअन गरेको मधेश प्रदेशले दोस्रो इनिङ्समा १ सय ५० रनमात्र बनाएपछि आर्मीले झिनो लक्ष्य पाएको थियो । पहिलो इनिङ्समा पनि १ सय २ रनमात्र बनाएपछि मधेस १ सय २३ रनले पछि परेको थियो । दोस्रो इनिङसमा मधेशबाट मयन यादवले सर्वाधिक ४९ रन बनाए । कप्तान हरिशंकर साहले २५ रन जोडे । अभिषेक तिवारी १९ र नीरज यादव १७ रनमा आउट भए । आर्मीका बसिर अहमदले चार विकेट लिए । उनले २०.१ ओभरमा ७ मेडन राख्दै २३ रन खर्चे । पहिलो इनिङ्समा ६ विकेट लिएका आर्मीका बलर शाहब आलमले दोस्रो इनिङ्समा ३ र आकाश चन्दले २ विकेट लिए । शाहब प्लेयर अफ द म्याच घोषित भए ।

आर्मीले २८ रनको लक्ष्य ६ ओभरमै पूरा गरेको थियो । इमरान शेखले ८ रन र बसिर अहमदले ४ रन बनाएर नट आउट रहे । मधेशका प्रदीप पासवानले आर्मीका तृतराज दासलाई १३ र सन्तोष कार्कीलाई ४ रनमा आउट गरे । टस हारेर ब्याटिङ गरेको आर्मीले २२५–९ मा पहिलो इनिङ्स समाप्ति घोषणा गरेको थियो । बसिर अहमले ६७, भीम सार्कीले ५२ र इमरानले ४२ रन जोडेका थिए । मधेशबाट रञ्जित कुमारले ५ तथा प्रदीप पासवानले २, अभिषेक र हरिशंकरले १–१ विकेट लिए ।

जवाफमा मधेश ३५.५ ओभरमा १ सय २ रनमा अलआउट भएपछि टोली फलोअनमा परेको थियो । शाहबले ६, सोमपाल कामी, आकाश चन्द, बसिर र पवनले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...