मुख्य समाचार
मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन
मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन

: मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन(डिपोर्ट) गरेको छ । उनीहरू गत साता काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका उनीहरूले कम्पनी फेर्ने,प्रवेशाज्ञाको म्याद सकिएपछि समेत काम गर्नेलगायत अध्यागमन कानुन उल्लंघन गरेपछि मलेसिया सरकारले निष्काशन गरेको हो ।


अध्यागमन प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरी मालिन्दो एयरलाइन्सको जहाजबाट उनीहरूलाई नेपाल पठाएको हो । त्यसरी निष्काशित हुनेहरूमा जय कुमार यादव, भुदान सदा, सन्देश भुसाल, सन्तोष थापा, अविनास ठकुरी, आशिष पन्याङ, रामकुमार, लालसी बुढा, मान बहादुर गुरुङ, विष्णे महरा चमार, राज कुमार खत्री,सोनु विक र कमल कुमार शाही छन् ।


उनीहरूले के-कस्तो अध्यागमन कानुन उल्लंघन गरे भन्नेबारे भने केही खुलेको छैन् । निष्काशित भएका कतिपयले त नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएको खुलेको छ।

मलेसियाको अध्यागमन प्रहरीले गैरकानुनी रुपले काम गरेको भेटिएपछि फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले के-कस्तो अध्यागमन कानुन उल्लंघन गरे भन्नेबारे भने केही खुलेको छैन् । निष्काशित भएका कतिपयले त नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएको खुलेको छ।

मलेसिया श्रमिकहरूका लागि आकर्षक मुलुकम मानिन्छ । नेपालले श्रम सम्झौता गरी विगत लामो समयदेखि नेपाली श्रमिकहरूलाई कामका लागि मलेसिया पठाउँदै आएको छ । मलेसियाको अध्यागमनले कम्पनी फेर्ने,ओभर स्टे र आपराधिक गतिविधिमा संलग्न नेपालीलगायत त्यहाँ कार्यरत विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बन्धमा संयुक्त अधिराज्यका रक्षामन्त्री जोन हिली र भेट्रान मन्त्री श्रीमती लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरे । गोर्खा अभियन्ताहरुको आमरण अनसन अन्त्य गर्दै बेलायतले वार्ता थालेको झण्डै ५ वर्षमा सोमबार भएको बैठक विशेष थियो । किनभने, १९ अगष्ट, २०२१ मा बेलायत सरकार वार्तामा बस्न तयार भए यता ...
: दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो। उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन ...
। बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् । सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ ...
। पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए । एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा गठन भएको कार्यसमिति बैधानिक र कानूनसम्मत रहेकोले आधिकारिक मान्यता प्रदान गर्न पोर्चुगलको ...
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...