मुख्य समाचार
भेनेजुयलाका राष्ट्रपतिले शपथ गरेकै दिन अमेरिकाले तोक्यो इनाम
भेनेजुयलाका राष्ट्रपतिले शपथ गरेकै दिन अमेरिकाले तोक्यो इनाम

। भेनेजुयलाको राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न सक्ने गरी सूचना दिनेलाई अमेरिकाले साढे २ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।

गत शुक्रबार मदुरोले तेस्रो कार्यकालका लागि भेनेजुयलाको राष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए । भेनेजुयलामा राष्ट्रपतिको कार्यकाल ६ वर्षको छ ।




उनले शपथ ग्रहण गरेकै दिन अमेरिकाले अमेरिकाले उनलाई पक्राउ गर्न सक्ने गरी सूचना दिनेलाई पुरस्कार रकम घोषणा गरेको थियो ।

मदुरो र उनको सरकारका वरिष्ठ अधिकारीहरुले अमेरिकामा लागुऔषध कोकिन आपूर्ति गरेको आरोप अमेरिकाको छ । यद्यपि मदुरोले त्यसको खण्डन गर्दै आएका छन् । उनले अमेरिकाको आरोपलाई साम्राज्यवादी भनेर टिप्पणी गरेका छन् ।



अमेरिकाले राष्ट्रपति मदुरो, मन्त्री र सरकारका अन्य वरिष्ठ अधिकारीहरुलाई पक्राउ गर्नेलाई इनाम घोषणा गरेको हो । बीबीसीका अनुसार अमेरिकाले पुरस्कार रकम पहिलेको तुलनामा बढाएको पनि छ ।

अमेरिकाले भेनेजुयलाका राष्ट्रपति मदुरो, आन्तरिक मामिला मन्त्री दियोस्तादो कबेलो, रक्षामन्त्री भ्लादिमिर पद्रिनो लगायतविरुद्ध इनाम घोषणा गरेको छ ।

गत जुलाई २८ मा निकोलस मदुरो राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुँदा अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका थिए । ब्राजिल, कोलम्बिया, अमेरिका, बेलायत, युरोपेली संघ लगायतले विरोध गरेका थिए । ईयू र बेलायतले भेनेजुयलाका न्यायाधीश र सैनिक अधिकारीहरुसहित १५ जनालाई प्रतिबन्ध घोषणा गरेको छ ।

अमेरिकाले पनि भेनेजुयलामा तेल आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । तर मदुरोले देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने बताएपछि प्रतिबन्ध केही खुकुलो बनाइएको थियो ।

सोही प्रतिबद्धता अनुुसार गत जुलाईमा भएको राष्ट्रपति निर्वाचनमा पुनः मदुरो नै चुनिए । तर विपक्षी दलहरुले परिणाम अस्वीकार गरे । अमेरिकाले पनि परिणाम स्वीकार गरेन । सोही विषयलाई लिएर आन्दोलन चर्किएपछि ७५ वर्षीय एडमुण्डो गन्जालिज देश छाडेर स्पेनमा शरण लिएका थिए ।

आफ्नो पक्षमा समर्थन जुटाउन गन्जालिज अमेरिका पुगेका थिए । मदुरो नेतृत्वको सरकारले भने उनलाई पक्राउ गर्न सघाउनेलाई १ लाख डलर पुरस्कार घोषणा गरेको छ ।

विरोधका बीच मदुरोले शुक्रबार राष्ट्रपति पदको शपथग्रहण गर्दै देशमा शान्ति, सुव्यवस्था र समृद्धि ल्याउने बाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम