मुख्य समाचार
जय ट्रफीको उपाधिका लागि फाइनलमा आर्मी र पुलिस भिड्ने
जय ट्रफीको उपाधिका लागि फाइनलमा आर्मी र पुलिस भिड्ने

: त्रिभुवन आर्मी क्लब, जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। लिग चरण अन्तर्गतको अन्तिम खेलमा आइतबार मधेस प्रदेशलाई ८ विकेटले हराएपछि फाइनलमा आर्मीको स्थान सुरक्षित भएको हो।


जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित पनि हो। यसअघिका दुई खेलमा आर्मीले नेपाल पुलिस क्लब र बागमती प्रदेशसँग बराबरी खेलेको थियो। लिग चरणको तीन खेल मध्ये दुई खेलमा बराबरी र एक खेलमा जीत हात पार्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो।

आइतबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमै मात्र दुई विकेट गुमाएर पुरा गर्यो। दोस्रो इनिङ्समा आर्मीका लागि तृतराज दासले सर्वाधिक १३ रन बनाए भने इमरान शेखले ८ तथा सन्तोष कार्की र बसिर अहमदले अविजित समान चार–चार रन बनाए।


दोस्रो इनिङ्समा बलिङ्तर्फ मधेसका प्रदीप पासवानले दुई विकेट लिए। त्यसअघि पहिलो इनिङ्समा ३५.५ ओभरमा अलआउट हुँदा १०२ रनमात्र बनाएर फ्लोअनमा परेको मधेसले दोस्रो इनिङ्समा १५० रनमात्र बनाएको थियो। मधेसले दोस्रो इनिङ्समा ६४.१ ओभरमा अलआउट हुँदै १५० रनमात्र बनाएपछि आर्मीले जितका लागि २८८ रनको लक्ष्य पाएको थियो।

आर्मीले आफ्नो पहिलो इनिङ्समा ५९.३ ओभरमा २२५ रन बनाएको थियो। शनिबार पहिलो दिनको खेल समाप्ति हुँदा आर्मीले मधेसविरुद्ध १२१ रनको अग्रता लिएको थियो।आइतबार दोस्रो दिनको खेलमा ब्याटिङ् थालेको आर्मीले १२४ रन थपेको थियो। निर्धारित ओभरभन्दा तीन बल अघि नै अर्थात ५९.३ ओभरमा पालि समाप्तिको घोषणा गरेका आर्मीले पहिलो इनिङ्समा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो।

मधेसविरुद्धको खेलमा आर्मीको जितमा कूल ९ विकेट लिन सफल साहब आलम नायक बने। पहिलो इनिङ्समा एक्लैले ६ वकेट लिएर मधेसको ब्याटिङ लाइनअप ध्वस्त पारेका आलमले दोस्रो इनिङ्समा पनि ३ विकेट लिए। आलमले यसअघि नेपाल पुलिस क्लबविरुद्धको पहिलो खेलमा पनि १० विकेट लिएका थिए।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा माघ १ गतेदेखि सुरु हुने फाइनलमा उपाधिका लागि आर्मीले पुलिससँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणका खेलमा दुईमा जित र एक बराबरी खेलेको पुलिस यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।

लिग चरणका खेलहरू दुई दिवसीय भएको प्रतियोगिताको फाइनल खेल भने तीन दिवसीय हुनेछ। गत वर्ष भएको प्रधानमन्त्री कपमा शीर्ष चार स्थानमा रहेका आर्मी, पुलिस, मधेस र बागमतीले जय ट्रफीमा भाग लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...