मुख्य समाचार
म्यान्चेस्टर सिटीले लिग २ क्लब सालफोर्ड सिटीलाई ८-० को फराकिलो अन्तरले हराए
म्यान्चेस्टर सिटीले लिग २ क्लब सालफोर्ड सिटीलाई ८-० को फराकिलो अन्तरले हराए

। एफए कप फुटबलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको तेस्रो चरणको खेलमा सिटीले लिग २ क्लब सालफोर्ड सिटीलाई ८-० को फराकिलो अन्तरले हराएको हो ।

सिटीको जितमा जेम्स माकटीले ह्‍याट्रिक गरे भने जेरेमी डोकुले दुई गोल गर्दा डिभिन मुबामा, निको ओरिली र ज्याक ग्रिलिशले एक-एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा पाँच गोल थप्यो ।




डोकुले आठौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने मुबामाले २०औं मिनेटमा तथा ओरिलीले ४३औं मिनेटमा गोल गरेपछि सिटी पहिलो हाफमा ३-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ४९औं मिनेटमा ग्रिलिशले पेनाल्टीमा गोल गरे भने ६२औं मिनेटमा माकटीले गोल गरेपछि सिटी ५-० ले अगाडि बढ्यो । ६९औं मिनेटमा डोकुले पेनाल्टीमा गोल गरे भने ७२औं र ८१औं मिनेटमा माकटीले गोल गर्दै ह्‍याट्रिक समेत पूरा गरे र सिटीको ८-० को विशाल जित पक्का गरे ।



गएराति नै भएका अन्य खेलमा लिभरपुल, चेल्सी, ब्राइटन र बर्नमाउथले पनि जित निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...