मुख्य समाचार
नियन्त्रणमा आएन क्यालिफोर्नियाको डढेलो, मृत्यु हुनेको संख्या ११ पुग्यो
नियन्त्रणमा आएन क्यालिफोर्नियाको डढेलो, मृत्यु हुनेको संख्या ११ पुग्यो

— अमेरिकाको क्यालिफोर्निया राज्यमा शुक्रबार फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण हालसम्म कम्तीमा ११ ज्यानले ज्यान गुमाइसकेका सीएनएनले जनाएको छ ।




अधिकारीहरूका अनुसार डढेलोले १० हजारभन्दा बढि घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ । क्यालिफोर्नियाको आगलागी नियन्त्रण अधिकारीहरूका अनुसार हाल कम्तिमा ६ स्थानमा डढेलो लागिरहेको छ । तीमध्यै सबैभन्दा ठूलो डढेलो पालिसेड्स क्षेत्रमा छ । पालिसेड्स क्षेत्रमा कम्तीमा २१ हजार ५ सय एकड क्षेत्रमा डढेलो लागिरहेको छ ।

इटनमा १४ हजार एकडमा फैलिएको डढेलोले करिब एक हजार संरचना ध्वस्त पारिसकेको छ । त्यस्तै, केनेथमा १ हजार एकड र हर्स्टमा ७ सय ७० एकड क्षेत्रमा डढेलो लागिहरेको छ । आर्चरको डढेलो १९ एकडमा फैलिएको छ ।
लस एन्जलसको उत्तरी पहाडी क्षेत्र लिडियामा ३ सय ९५ एकडमा फैलिएको आगो ९८ प्रतिशत नियन्त्रणमा आएको छ । हर्स्टको डढेलो करिब ७० प्रतिशत नियन्त्रणमा आएको जनाइएको छ । अन्य डढेलो नियन्त्रणको प्रगति ५० प्रतिशतभन्दा कम छ ।

लस एन्जलस काउन्टीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । अधिकारीहरूले धुँवा र खरानीका कारण हावाको गुणस्तर खराब भएकाले जनाउँदै स्वास्थ्य संकटकाल घोषणा गर्नुपरेको जनाएका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पानी आपूर्तीको कमीका कारण आगो निभाउने प्रयास थप जटिल बनेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप