मुख्य समाचार
दोलखामा भीम पुस्तकालय पुनः स्थापना
दोलखामा भीम पुस्तकालय पुनः स्थापना

: दोलखामा भीम पुस्तकालय पुनः स्थापना भएको छ। कम्प्युटर र इन्टरनेटको पहुँचका कारण पुस्तक पढ्नेको संख्यामा कमी आएकाले यसलाई बढाउनका लागि पुस्तकालय स्थापना गरिएको हो।


पुस्तक पढ्ने बानीको विकास गराउन र प्राचीन सहर दोलखाको पहिचान यथास्थितिमा राख्न सहयोग पुर्‍याउनका लागि पुस्तकालय स्थापना गरिएको इन्जिनियर आत्माकृष्ण श्रेष्ठले बताए। भीम पुस्तकालय २०१० सालमा त्रिपुरा पुस्तकालयका नाममा स्थापना भएको थियो। पछि २०१४ सालमा भैरव लाइब्रेरी स्थापना भयो।

दोलखाको माथिल्लो टोलमा २०२३ सालमा भीषण आगलागी भयो। दोलखाको ऐतिहासिक पुस्तकालय र लाइब्रेरीलाई जोगाउन भीम माविले एउटा कोठा प्रदान गरेको थियो र उक्त कोठामा दुवै पुस्तकालयलाई संयोजन गरी २०२४ सालमा भीम पुस्तकालय नामाकरण गरी स्थापना गरिएको थियो।


२०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि पुस्तकालय बन्द भएको थियो। हाल समाजसेवी इन्जिनियर श्रेष्ठले स्वर्गीय धर्मपत्नीको सम्झनामा पुनः पुस्तकालय स्थापना गरेका हुन्।

पुस्तकालय विभिन्न संस्कृति, दर्शन, कला, भाषा, धर्म, साहित्य, संगीत, राजनीति, इतिहास, भूगोल, स्वास्थ्य विज्ञान, व्यवस्थापन आदिको पुस्तक, लेख, पत्रपत्रिकाहरू पाइने राम्रो ज्ञानको केन्द्र हो।

विभिन्न दान धर्म गरे जति नै सन्तुष्टि मिल्ने भएकोले आफ्नो धर्मपत्नीको सम्झनामा पुस्तकालयलाई ब्यूँताउने प्रयास गरेको इन्जिनियर श्रेष्ठले बताए।

पुस्तकालयलाई दीर्घकालीन रूपमा सञ्चालन गरी राख्न कोष स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरी अक्षय कोष स्थापना गर्ने र उक्त कोषमा एकलाख रुपैयाँ स्वर्गीय धर्मपत्नी कै नाममा राख्ने घोषणा पनि उनले गरे। प्रविधिको विकासका कारण विभिन्न सामाजिक प्लेटफर्म मार्फत अध्ययन गर्न सकिने भएपनि पुस्तकालयमा पढ्नुको मज्जा अल रहेको पुस्तकालयका संयोजक रत्नबहादुर श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम