मुख्य समाचार
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको आरोपमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।


घरायसी विषय विवाद हुँदा रुद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले रुद्र बहादुरलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हिमाली जिल्ला मुस्ताङमा बुधवार बिहानदेखि निरन्तर बेजोडको हावाहुरी चल्ने क्रम रोकिएको छैन । निरन्तरको हावाहुरीले स्थानीय नागरिकको दैनिकी प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा बेजोडको उत्तरी हावाहुरीका कारण जोमसोम स्थित पर्यटन तथा उद्योग कार्यालयको जस्ताको छानो उडाएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । कार्यालयको जस्ताले छाएको छानो ...
— काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै ...
: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् उक्त दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी छन्। बुधबार भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा चारनेपालीसहित ११ जनाको ज्यान गएको छ । मन्त्री राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ...
— अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो । भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र ...
— भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी भोजपुरको पात्लेपानी गाउँपालिका-६ घर भई हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको हो । मध्यपुरथिमि नगरपालिका-२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र. ०१-०२७ च.९२७ नम्बरको कारलाई सोही दिशातर्फ ...