मुख्य समाचार
राप्रपाले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी
राप्रपाले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। पृथ्वीनारायण शाहको ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित चियापान समारोह प्रधानमन्त्री ओली सहभागी भएका हुन्।


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै संक्षिप्त कुराकानी गरेका थिए। त्यस्तै चियापान समारोहमा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले स्वास्थ्य सामुदायिक अस्पताललाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धुलिखेल सामुदायिक अस्पताल र डा.भगवान कोइराला नेतृत्वको किओच काठमाडौं बाल अस्पताललाई बजेट विनियोजन गरिने घोषणा गरेका हुन्। यी स्वास्थ्य संस्थाहरूलाई गुणस्तरीय उपचार सेवा विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा पूर्वाधार विकासका लागि सहयोग उपलब्ध गराउने ...
। सरकारले स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञचालन गर्ने बताए । सबै स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यन्वयनमा ल्याउने जनाएको छ । यद्यपि यो ...
। सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको । कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ । भन्सार विन्दुमा ...
। सरकारले नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट, कार्टेलिङ, कालोबजारी, नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने बताए ।
। सरकारले नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनले बजेटबारे जानकारी गराउँदै ‘नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गर्ने’ बताए । उनले अहिले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।