मुख्य समाचार
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने

— नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका छन् ।



शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले काठमाडौँ उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउ नसके पनि जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो मद्दत हुने बताए ।


उनले जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै ठूलो असर गरिरहेको बताए । उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिरहेको र हिमाल नाङ्गो भएको बताए । उनले नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्याका रूपमा आएको बताए ।

उनले भने, ‘अहिले नेपालमा जो यो जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै र समग्र विश्वमा नै समस्या पारेको छ । नेपालमा त धेरै ठूलो समस्या यसले पार्न सक्दछ । यसले समुन्द्री सतह बढेको छ । साथै हिमालहरूको हिउँ पग्लिएर हिमाल नांगो भइरहेको छ । जसले गर्दा आज नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्या भइरहेको छ ।'

उनले नेपालमा सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने बताए । उनले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधनका लागि ठाउँ ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने बताए ।

उनले भने, 'त्यसैले अहिले यस सम्बन्धमा नेपालले चाहेर मात्रै त हुँदैन तर नेपालले धेरै गर्न सक्छ । जस्तो फसल फ्युलहरु, डिजेल, पेट्रोलको प्रयोग यति बढी छ की त्यसले हाम्रो धेरै कुरामा समस्या पारेको छ । विद्युतीय सवारीसाधनदेखि लिएर धेरै कुराहरुमा नेपालको यो क्लाइमेट चेन्जको असर छ । काठमाडौँमा त हामीले फसल फ्युललाई कम गर्न सक्यौँ । विद्युतीय सवारी अघि बढाउन सक्यौँ भने पनि काठमाडौँबाट पनि धेरै ठूलो काम गर्न सकिन्छ । विद्युतीय सवारीसाधनका लागि ठाउँ ठाउँमा चार्जिङ स्टेसन राख्न सक्नुपर्छ । त्यसले पनि कम गर्छ । हामीले देशभर बढाउनुपर्छ । संसारभर नै जलवायु परिवर्तनको बारेमा अवेरनेस बढाउन आवश्यक छ । ६० प्रतिशत जंगल हामीले बचाउन सक्यो भने त्यसले पनि धेरै ठूलो मद्दत गर्दछ ।’

सभापति देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी अभियान देशभर नै बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा बिउँताउने मात्रै नभइ मिति तोकेर सिंहसानमा विराजमान गराउने भ्रम फिँजाइ संविधान ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताएका छन्। सिंहदरबारभित्र प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन्। उनले सरकार जनताबाट टाढा हुँदै गएको आरोपसमेत ...
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...