मुख्य समाचार
पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरे
पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरे

: पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्। विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन्। यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन्। सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ सुरु गरेका हुन्। शुक्रबारदेखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन् स्काई डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिस थापाले जानकारी दिए।


यस अवधिमा स्काई डाइभिङ गर्न कम्पनीले भीआईपी र डिलक्स गरी दुई वटा प्याकेज बनाएको थापाले बताए। भीआईपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ पर्ने उनले जानकारी दिए। विदेशीलाई भने थप ५ हजार बढी लाग्ने उनले बताए।

स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ। स्काई डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा २३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्। माथिबाट ड्राइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन्।


यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रूपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए। एलिसलाई सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काई डाइभर यशोदा केसीले साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् । आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए । ‘मैले त्यो रकम लिएको होइन । कति रकम लिएको भन्ने ...
कोरियाली ड्रामा ‘स्क्विड गेम’ सिजन ३ ले आफ्नो रिलिजको पहिलो तीन दिनमा नेटफ्लिक्समा रेकर्ड तोडेको छ । यो सिजनले ६०.१ मिलियन (६ करोड १ लाख) भ्यूज प्राप्त गरेको छ, जसले यसलाई नेटफ्लिक्सको इतिहासमा गैरअंग्रेजी भाषाको सबैभन्दा धेरै हेरिएको शो को सूचीमा नवौं स्थानमा पुर्‍याएको छ । यो सिजनले विश्वका ९३ देशहरूमा नेटफ्लिक्सको टप १० चार्टमा पहिलो ...
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...