मुख्य समाचार
नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ
नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ

— माघे संक्रान्ति नजिकिएसँगै पूर्वी नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ छ । जिल्लाको पहाडी भेगमा तरुलको व्यावसायिक खेती हुने गर्छ । काठमाडौं, पोखरा तथा बुटवलबाट व्यवसायी किसानको खेतमै तरुल खरिदका लागि आउने गरेका छन् ।



हरेक वर्ष माग बढेपछि खाली रहेको भिरालो जग्गामा तरुल खेती गरेर आम्दानी लिन थालेको बुलिङ्गटार गाउँपालिका–५ का लालबहादुर सारुले बताए । ‘भिरालो र खालि रहेको जग्गाको सदुपयोग पनि भएको छ, आम्दानी पनि हुने,’ उनले भने,‘ पहिले आफ्नो घरका लागि मात्र तरुल लगाउने किसानले अहिले यसैलाई व्यावसायिक गरेका छन् ।’ किसानले गाउँमा हात्तीपाइले तरुल प्रतिकिलो ५० देखि ६० र वन तरुल प्रतिकिलो १ सय २० देखि १ सय ४० रुपैयाँमा बिक्री गरिरहेका छन् ।


किसानले प्रतिधार्नी १ सय ४० मा बिक्री गर्ने तरुल जिल्लाकै बजारमा खुद्रा प्रतिकिलो १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिचौलियाले किसानबाट सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गर्दा किसान मर्कामा परेका हुन् । पुस पहिलो सातादेखि तरुलको माग बढ्दै आएको र माघे संक्रान्ति र माघी पर्वका लागि काठमाडौं, नारायणगढ, पोखरालगायतका बजारबाट माग बढेको हो ।

जिल्लाको हुप्सेकोट, बौदीकाली र बुलिङ्गटारमा व्यावसायिक रूपमा तरुल खेती हुने गर्छ । अघिल्लो वर्ष ५१ मेट्रिक टन तरुल उत्पादन भएको थियो । यस वर्ष १० प्रतिशतले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइसक्दा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य किन नघटाएको ? भन्दै प्रश्न उठाए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत ३० प्रतिशतभन्दा बढी गिरावट आउँदा पनि नेपालमा भने सरकारले लामो समयदेखि मूल्य किन घटाएन र आम नागरिकले किन राहत पाएनन् ...
: भारततर्फको निर्यातमा सिर्जित अवरोधका कारण विगत १० दिनदेखि ठप्प रहेका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक लिँदै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू उद्योग खोल्न सहमत भएका हुन्। नेपालबाट भारत निर्यात गरिने तयारी चियालाई भारतीय पक्षले प्रयोगशाला परीक्षणको बहानामा अवरोध पु¥याएपछि करिब ३ ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो । गत आव २०८१/८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् । ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ ...
। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको ...