मुख्य समाचार
नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ
नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ

— माघे संक्रान्ति नजिकिएसँगै पूर्वी नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ छ । जिल्लाको पहाडी भेगमा तरुलको व्यावसायिक खेती हुने गर्छ । काठमाडौं, पोखरा तथा बुटवलबाट व्यवसायी किसानको खेतमै तरुल खरिदका लागि आउने गरेका छन् ।



हरेक वर्ष माग बढेपछि खाली रहेको भिरालो जग्गामा तरुल खेती गरेर आम्दानी लिन थालेको बुलिङ्गटार गाउँपालिका–५ का लालबहादुर सारुले बताए । ‘भिरालो र खालि रहेको जग्गाको सदुपयोग पनि भएको छ, आम्दानी पनि हुने,’ उनले भने,‘ पहिले आफ्नो घरका लागि मात्र तरुल लगाउने किसानले अहिले यसैलाई व्यावसायिक गरेका छन् ।’ किसानले गाउँमा हात्तीपाइले तरुल प्रतिकिलो ५० देखि ६० र वन तरुल प्रतिकिलो १ सय २० देखि १ सय ४० रुपैयाँमा बिक्री गरिरहेका छन् ।


किसानले प्रतिधार्नी १ सय ४० मा बिक्री गर्ने तरुल जिल्लाकै बजारमा खुद्रा प्रतिकिलो १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिचौलियाले किसानबाट सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गर्दा किसान मर्कामा परेका हुन् । पुस पहिलो सातादेखि तरुलको माग बढ्दै आएको र माघे संक्रान्ति र माघी पर्वका लागि काठमाडौं, नारायणगढ, पोखरालगायतका बजारबाट माग बढेको हो ।

जिल्लाको हुप्सेकोट, बौदीकाली र बुलिङ्गटारमा व्यावसायिक रूपमा तरुल खेती हुने गर्छ । अघिल्लो वर्ष ५१ मेट्रिक टन तरुल उत्पादन भएको थियो । यस वर्ष १० प्रतिशतले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा ...
: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदा हुँदै पनि रोकिनु परेको तर्फ बैंकहरूको ध्यानाकर्षण ...
— राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि ...
— सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ। विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन्। अहिले ३ वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ बोलकबोलमार्फत ...
: गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ...