मुख्य समाचार
एन्फा महिला लिग : बागमतीको महत्त्वपूर्ण जित
एन्फा महिला लिग : बागमतीको महत्त्वपूर्ण जित

— बागमती युथ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा शुक्रबार वालिङ नगरपालिका टिमविरुद्ध त्यस्तो जित निकालेको छ, जसले टोलीलाई सम्भवतः प्रतियोगिताको प्लेअफमा पुर्‍याएको छ । विभागका तीन टिमले प्लेअफ खेल्ने निश्चित जस्तै भइसकेको स्थितिमा चौथो टिमका लागि प्रतिस्पर्धामा यिनै दुई टिम थिए ।



यस्तोमा बागमतीको यो जित असाध्यै महत्त्वपूर्ण साबित हुनेछ । दोस्रो चरणमा प्राप्त पहिलो जितपछि बागमतीको ३ अंक भएको छ । लिगको पहिलो चरणमा समेत गरेर बागमतीको यो चौथो जित हो । वालिङ भने लगातार चौथो हार बहोर्दै अंकविहीन भएर पुछारमा रह्यो । दोस्रो चरणमा सहभागी पाँच टिममध्ये शीर्ष चारले प्लेअफ खेल्नेछ ।


विभागीय टोलीहरू अंकतालिकाको शीर्ष तीनमा छन् । त्यसमध्ये एपीएफको ९ तथा आर्मी र पुलिसको समान ७ अंक छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बागमतीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अस्मिता खवासले ५२ औं मिनेटमा पहिलो गोल गरेपछि विष्णुमाया बलले ७५ औं मिनेटमा दोस्रो गोल थपिन् ।

शनिबार एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...