मुख्य समाचार
मलेसियामा सुरू हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
मलेसियामा सुरू हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई

: यहि माघ ५ गतेदेखि मलेसियामा सुरू हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विश्वकप खेल्ने नेपाली टोलीको बिदाई गरेको हो ।


कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यान सचिव पारस खड्का लगायतले नेपाली टोलीलाई शुभकामना दिँदै विदाइ गरेका थिए । सो क्रममा खेलकुदमन्त्री चौधरीले उच्च आत्मबलका साथै खेल प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । नेपाली टोलीले बिजयका साथ नेपालको छाप छाड्ने उनले विश्वास व्यक्त गरे।

त्यस्तै क्यान सचिव पारस खड्काले नेपाली महिला क्रिकेटका लागि यो प्रतियोगीता निकै महत्वपूर्ण रहेको र आगामी दिनमा महिला क्रिकेटलाई बलियो बनाउन भूमिका खेल्ने बताए। त्यस्तै यू–१९ महिला टोलीका प्रशिक्षक महेश प्रसाद रिजालले विश्वकपका लागि निकै उत्साहित रहेको र तयारी पनि निकै राम्रो भएको बताउनुभयो । उहाले १० दिन चितवनमा अभ्यास गर्दा टीमलाई सुधार गर्ने विषयमा ध्यान केन्द्रीत गरेको धारणा राखे।


त्यस्तै यू–१९ कप्तान पूजा महतोले पहिलो पटक विश्वकपमा खेल्न पाउँदा निकै खुसी लागेको भन्दै अन्य देशलाई चुनौति दिने गरि खेल प्रदर्शन गर्ने बताए। माघ २० सम्म सञ्चालन हुने विश्व कपमा नेपालसहित १६ टोलीले सहभागिता जनाउनेछन् ।

नेपाली महिला टिमले पहिलोपटक विश्वकप खेल्न लागेको हो । माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपको सुरुवात गर्नेछ भने दोस्रो खेलमा स्कटल्याण्ड र समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...