मुख्य समाचार
औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण नगर्न चेतावनी
औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण नगर्न चेतावनी

: औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण नगर्न चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न निर्देशन दिएपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो।


विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरू, न्युट्रास्युटिकल्सका नाममा तथा औषधी मिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ।

अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरु चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको निरीक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधीको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फर्माहरुलाई सूचित गरेको छ।


विभागले नियमित अनुगमन भइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधी ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेविरुद्ध न्यायालयबाट समेत माग दाबी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुन विपरीत गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएको छ।
कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधी सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए। दर्ता र अनुमति दुवै नपाएका त्यस्ता औषधीका रुपमा सिफारिस गर्नु गैरकानूनी भएकाले बिक्री तथा सिफारिस गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो। शुभारम्भका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले रक्तचाप परीक्षण गराएकी थिइन्। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सिंहदरबारभित्रै संचालनमा ल्याइएको बताइएको छ । ...
: मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो। मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दै सो निर्देशन ...
। बजारमा पटक–पटक देखिने औषधिको अभावलाई सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। विभागले विशेषगरी क्यान्सर, दुर्लभ रोगका औषधि र जीवनरक्षक औषधिको अभाव हुन नदिन यस्तो योजना अघि बढाएको हो। विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणका कारण बजारमा बेलाबेला औषधिको चरम अभाव देखिने गरेको ...
। चितवनको भरतपुर अस्पतालमा अनलाइनबाट नै टिकट र रिर्पोट लिन सकिने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ण्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बिरामी भएर उपचार गर्न आउने बिरामीले ओपीडी टिकट र रिर्पोटका लागि लाइनमा बस्नु नपर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका छन् । टिकट रिर्पोट भेन्डिङ मेसिन (प्क्ष्इक्) मार्फत टिकट काट्न र रिर्पोट लिन सकिने उनले ...
। काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ । बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ...