मुख्य समाचार
दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन
दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन

: दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा दुर्गाबहादुर राई, खुमबहादुर छत्याल, बिनोद निरौला र विजय पुन रहेका छन्। उनीहरू गत साता कोरियन एयरबाट काठमाडौं आएका हुन्।


कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो।

पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैध रुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निसानामा पर्दै आएका छन्।


लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीका अनुसार कागजपत्र नभएका विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको छ।

दक्षिण कोरियाको अध्यागमनले अवैधरुपमा बसेका विदेशीहरूमाथि निगरानी बढाएपछि नेपालीहरू समेत धमाधम निष्काशित हुन थालेका छन्। यसअघि पुस १७ गते दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्काशन गरेको थियो। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।

कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामालाई पक्राउ गरी नेपाल पठाएको थियो।

भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको थियो। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।

इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास ...
: भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानबाट दिल्ली हुँदै जर्मनी जान लागेकी एक नेपाली नागरिकलाई अध्यागमन अधिकारीहरूले अपमान गरेको आरोप लगाएपछि गृह मन्त्रालयले प्रस्टीकरण दिएको हो। गृह मन्त्रालयले उक्त घटनालाई नेपाली नागरिकहरूप्रति पक्षपात वा भेदभाव गरेको भनेर गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गरेको छ। 'यस ...
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...