मुख्य समाचार
दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन
दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन

: दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा दुर्गाबहादुर राई, खुमबहादुर छत्याल, बिनोद निरौला र विजय पुन रहेका छन्। उनीहरू गत साता कोरियन एयरबाट काठमाडौं आएका हुन्।


कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो।

पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैध रुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निसानामा पर्दै आएका छन्।


लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीका अनुसार कागजपत्र नभएका विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको छ।

दक्षिण कोरियाको अध्यागमनले अवैधरुपमा बसेका विदेशीहरूमाथि निगरानी बढाएपछि नेपालीहरू समेत धमाधम निष्काशित हुन थालेका छन्। यसअघि पुस १७ गते दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्काशन गरेको थियो। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।

कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामालाई पक्राउ गरी नेपाल पठाएको थियो।

भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको थियो। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।

इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...
। कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् ...
। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो । कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन ...
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...