मुख्य समाचार
अमेरिकाको उत्तरी भर्जिनियाको एक होटलमा रहेको बरफको पोखरीमा कार डुब्दा २ जना नेपालीको मृत्यु
अमेरिकाको उत्तरी भर्जिनियाको एक होटलमा रहेको बरफको पोखरीमा कार डुब्दा २ जना नेपालीको मृत्यु

: अमेरिकाको उत्तरी भर्जिनियाको एक होटलमा रहेको बरफको पोखरीमा कार डुब्दा २ जना नेपालीको मृत्यु भएको छ। बिहीबार बिहान भर्जिनियाको चान्टिलीमा रहेको एक होटल बाहिर १० फिट गहिरो पोखरीमा कार डुबेको अवस्थामा फेला परेको र त्यस कारभित्र दुई जना नेपालीको शव भेटिएको सञ्चारमाध्यमहरुमा उल्लेख छ।


प्रहरीले लगभग बिहान ७:३० बजेतिर हिउँमा चिप्लिएर पोखरीमा कार खसेको जानकारी दिएका छन्।



कार आंशिक रूपमा जमेको पानीमा डुब्दा चालक ५५ वर्षीय कर्ण खड्का र कारमा बसेका २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो।
उद्धार टोली उक्त स्थानमा पुग्दा दुबै जनाको मृत्यु भइसकेको थियो।

मृतक खड्काका सहकर्मीहरूका अनुसार खड्का सोही होटलमा काम गर्थे। उनले निश्चल भट्टले सोही होटलमा जागिरको लागि आवेदन दिने भनेकाले सँगै लिएर आएका थिए।

प्रहरीले घटनाको विषयमा थप अनु्सन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् ...
। चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनले अन्तिम सास लिए । उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो ...
। बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् । मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा स्थानीय रसमेर बरो र ह्याम्पसायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी ...