मुख्य समाचार
अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु
अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

: अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ। सेभेनन्युजका अनुसार ३९ वर्षीया दीक्षा दाहालको बालकोनीबाट खसेर मृत्यु भएको हो। गत पुस १८ गते सिड्नीको पर्रामाट्टा अपार्टमेन्टको सातौं तल्लाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


बालकोनीमा झुन्डिरहेका बेला सडकमा हिंडिरहेका मानिसहरूले त्यहाँको इमरेजेन्सी नम्बर 000 मा फोन गरेका थिए। प्रहरी आइनपुग्दै दीक्षाको खसेर मृत्यु भइसकेको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्।

दीक्षा बाल्कोनीबाट १:४० मिनेटमा खसेको बताइएको छ। त्यसअघि ११:४५ मा उनले 000 मा कल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। फोनमा कुराकानी नभए पनि त्यहाँ हो-हल्ला सुनिएको र यसबारे प्रहरीलाई जानकारी गराइएको अनुसन्धानबाट खुलेको छ। 'ट्रिपल-० बाट दुईपटक सम्पर्क गर्ने प्रयास गरिए पनि फोन उठेन,' डिटेक्टिभ सुपरिटेन्डेन्ट ब्यारी भिन्सेन्टले भनेका छन्।


मृत्यु शंकास्पद लागेपछि प्रहरीले उनका पति लबिन्द्र सुवेदीलाई पक्राउ गरेर सोधपुछ गरेको थियो। उनीविरुद्ध प्रमाण जुटाउन नसकेपछि प्रहरी उनलाई छाडेको थियो। दीक्षा र लबिन्द्रको दुई वर्षअघि विवाह भएको बताइएको छ। दीक्षा पेसाले नर्स थिइन्। विवाहपश्चात उनीहरूको सम्बन्धमा राम्रो नरहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...