मुख्य समाचार
माइक्रोसफ्टले भारतको एआई पूर्वाधार विकासमा ३ अर्ब डलर लगानी गर्दै
माइक्रोसफ्टले भारतको एआई पूर्वाधार विकासमा ३ अर्ब डलर लगानी गर्दै

— माइक्रोसफ्टले भारतमा एआई र क्लाउड पूर्वाधार निर्माणका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीको घोषणा गरेको छ । बैंगलुरुमा यो साता आयोजित कार्यक्रममा कम्पनीका प्रमुख सत्य नडेलाले भारतको एआई पूर्वाधार मजबुत बनाउन र देशमा नवप्रवर्तनलाई प्रोत्साहन हुने गरी ३ अर्ब डलर लगानी गर्ने बताएका हुन् ।



भारतमा नयाँ डेटा सेन्टर निर्माण गर्नुका साथै माइक्रोसफ्टको कम्प्युटिङ क्षमतामा सुधार ल्याउन र अत्याधुनिक एआई प्रविधि विकासका लागि उक्त लगानी उपयोग गरिने माइक्रोसफ्टको योजना छ । द हिन्दुका कम्पनीले हालै मात्र जियोलगायत भारतीय कम्पनीहरूसँग साझेदारी पनि गरेको छ । विश्वव्यापी एआई प्रतिस्पर्धामा भारत महत्वपूर्ण रहेको नडेलाको ठहर छ ।


नडेलाले भारतलाई एआईको ‘पावरहाउस’ भनेका छन् । सन् २०२८ सम्ममा गिटहबमा भारतीय डेभलपरहरूको सबैभन्दा ठूलो समुदाय निर्माण हुने उनको दाबी छ । नडेलाले सन् २०३० सम्ममा माइक्रोसफ्टले भारतका १ करोड मानिसलाई एआई सिप सिकाउने प्रतिबद्धता पनि जाहेर गरे । प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उनले एआईलाई पहिलो प्राथमिकता दिने भारतको पहललाई सघाउन माइक्रोसफ्ट प्रतिबद्ध रहेको जिकिर गरेका थिए ।

मोदीले नडेलासँग भेटेर आफूलाई खुशी लागेको र भारतमा माइक्रोसफ्टको महत्त्वाकांक्षी विस्तार र लगानी योजनाबारे थाहा पाउँदा थप हर्षित भएको एक्समा लेखेका छन् । ‘हाम्रो भेटघाटममा प्रविधि, नवप्रवर्तन र एआईका विभिन्न पक्षबारे छलफल गर्न पाउँदा रमाइलो अनुभव भयो,’ मोदीले लेखेका छन् ।

माइक्रोसफ्टले हालै मात्र २०२५ भित्रमा एआई डेटा सेन्टरहरू निर्माणका लागि ८० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । यसको आधाभन्दा बढी लगानी अमेरिकामा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप