मुख्य समाचार
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै

अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ। जसका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।


लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छन्।

उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी छन्।


लस एन्जलसको अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टन क्राउलीले प्यालिसेड्स आगलागीमा दुई जनाको मृत्यु भएको बताएका छन्। उनले अहिलेसम्म आगलागीको घटनामा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी अझै नआएका उल्लेख गरेका बीबीसी समाचारमा उल्लेख छ।

यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो।

क्राउलीका अनुसार प्यालिसेड्सको आगो १९,००० एकडभन्दा बढीमा फैलिएको छ। यसका कारण ५३०० भन्दा बढी घर वा भवनहरू ध्वस्त भएका छन्।

अग्नि विभाग प्रमुखले भेन्चुरा काउन्टीमा नयाँ आगलागी भएको बताएका छन्। यहाँ आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ। यसलाई निभाउन ६० भन्दा बढी दमकल पठाइएको छ।

केनेथमा पनि नयाँ आगलागी भएको छ। त्यहाँको आगो पनि ८०० एकड क्षेत्रफलमा फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप