मुख्य समाचार
मधेसमाथि पुलिसको ४५ रनको अग्रता
मधेसमाथि पुलिसको ४५ रनको अग्रता

: जय ट्रफी मेन्स एलिट कप क्रिकेटको आफ्नो दोस्रो खेलको पहिलो दिनमा नेपाल पुलिस क्लबले मधेस प्रदेशविरुद्ध ४५ रनको अग्रता लिएको छ।


वीरगन्जको नारायणी क्रिकेट मैदानमा बुधबारदेखि सुरु दोस्रो खेलको पहिलो दिनमा मधेसविरुद्ध पुलिसले ४५ रनको अग्रता बनाएको हो। दुई दिवसीय फर्म्याटको खेलमा बुधबार पुलिसले ४० ओभर खेल्दै ३ विकेटको क्षतिमा १७४ रन बनाएको हो।

उसका लागि कुशल भुर्तेलले ६८ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ६३ रन जोडे। त्यस्तै दिलिपनाथले ४० र अमित श्रेष्ठले ३४ रन बनाए। बलिङतर्फ मधेसका हरिशंकर साहले २ र अभिषेक तिवारीले १ विकेट लिए।


त्यसअघि आफ्नो इनिङ्समा मधेसले ४२.४ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाएको थियो। उसका लागि मयन यादवले ५९ रन बनाए। मयनले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध शतक हानेका थिए। बुधबार मधेसका लागि निरज यादवले २९ र अभिषेक तिवारीले १७ रन जोडे।

बलिङतर्फ पुलिसका गुलशन झा एक्लैले ५ विकेट लिए भने कुशल भुर्तेलले २ तथा श्रवण यादव र ललित राजवंशीले समान एक-एक विकेट लिए।

यसअघि गत सोमबार सकिएको पहिलो खेलमा मधेसले बागमतीसँग र पुलिसले आर्मी क्लबसँग बराबरी खेलेका थिए।
रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कपमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।

वीरगन्ज र जनकपुरमा भइरहेको प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ। सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...