मुख्य समाचार
मेटाले अमेरिकामा तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने
मेटाले अमेरिकामा तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने

— फेसबुक, इन्स्टाग्राम, थ्रेड्सजस्ता मेटाका चर्चित एपहरूमा पोस्ट हुने कन्टेन्टहरूमार्फत गलत सूचना नफैलियोस् भनेर कम्पनीले तथ्य जाँचका लागि विभिन्न निकायसँग सहकार्य गर्दै आएकोमा अब त्यसलाई निरन्तरता नदिने घोषणा गरेको छ । मेटाका प्रमुख मार्क जकरबर्गले अमेरिकामा आफ्नो तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने बताएसँगै विज्ञहरूले यस कदमको व्यापक आलोचना गरेका छन् ।



तथ्य-जाँच कार्यक्रम बन्द गर्ने मेटाको निर्णयले इन्टरनेटमा मिथ्या, भ्रामक र झुटा सूचनाको बाढी आउन सक्ने विज्ञहरूको चेतावनी छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई रिझाउने प्रयासका रूपमा जकरबर्गले थर्ड-पार्टी फ्याक्ट चेकिङ कार्यक्रम बन्द गर्ने निर्णय गरेको अमेरिकी सञ्चार माध्यमहरूको विश्लेषण छ ।


अमेरिकाका दक्षिणपन्थी पक्षधरले अनलाइनमा स्वतन्त्र अभिव्यक्ति र दक्षिणपन्थी कन्टेन्टहरूमा सामाजिक सञ्जालमा सेन्सरसीप हुने गरेको आरोप लगाउँदै आएका छन् । ‘जकरबर्गले ट्रम्पको राष्ट्रपति कार्यकाललाई ध्यानमा राखेर अनलाइन अभिव्यक्तिलाई स्वच्छन्द रूपमा प्रवाह हुन दिने गरी तथ्य-जाँच कार्यक्रम रोक्न लागेको देखिन्छ,’ द न्युयोर्क टाइम्समा माइक आइज्याक र थियोडर स्क्लेइफरले लेखेका छन्, ‘ट्रम्पले जित हासिल गरेसँगै केही ठूला प्रविधि कम्पनीहरू उनको समर्थन गर्दै चिप्लो घस्न थालेका छन् । मेटाले पनि यहीबीच चुनावलाई कल्चरल टिपिङ प्वाइन्ट अर्थात् स-साना फेरबदलहरूले ठूलो फेरबदल ल्याउने घटना भन्दै आफ्नो रणनीतिमा परिवर्तन गरेको छ ।’

जकरबर्गले तथ्य-जाँच हटाएर ‘कम्युनिटी नोट्स’ नामक वैकल्पिक मोडरेसन टुलको व्यवस्था गर्ने बताएका छन् । यो क्राउड-सोर्स टुल अर्थात् सर्वसाधारणले पनि प्रतिक्रिया दिन मिल्ने व्यवस्था भएकाले फेसबुक, इन्स्टाग्रामका पोस्टहरूमा यसले सन्दर्भ थप्न सक्ने जकरबर्गको दाबी छ । तथापि, यो टुलले मिथ्या सूचना नियन्त्रणमा प्रभावकारी काम गर्न सक्छ भन्नेमा धेरैले शङ्का व्यक्त गरेका छन् । तथ्य-जाँचकर्हतारूले कसैको अभिव्यक्ति रोक्ने नभइ झुटा विवरण लेखिएका पोस्टहरूमा वास्तविकता बताइदिने र अतिरिक्त जानकारी एवं आवश्यक सन्दर्भ उल्लेख गरेर सही सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विज्ञहरूको राय छ ।
गरेको विश्वसनीयतासमेत भत्काइदिएको आरोप लगाएका छन् । मेटासँग काम गरेका फ्याक्टर-चेकिङ समूहहरूले भने आफूहरूले तथ्य-जाँच गरेका कन्टेन्टलाई के गर्ने (हटाउने, राख्ने वा लेबल लगाउने) भन्नेमा कम्पनीकै पूर्ण भूमिका रहेको र त्यसमा हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् । कम्पनीले सन् २०१६ देखि इन्टरनेसनल फ्याक्ट-चेकिङ नेटवर्कले मान्यता दिएका कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ ।

मेटाले सहकार्य गरेका अधिकांश फ्याक्टर-चेकिङ पार्टनरमा समाचार संस्थाका फ्याक्ट चेकर छन् । अमेरिकामा मेटाले एएफपी-हब, चेक योर फ्याक्ट, फ्याक्टचेक डट ओआरजी, लिड स्टोरिज, रोयर्ट्स फ्याक्ट चेक, युएसए टुडेजस्ता तथ्य-चाँज संस्थासँग सहकार्य गर्दै आएको थियो । कम्पनीले देश र क्षेत्रगत हिसाबले स्थानीय तथ्य-जाँच संस्थासँग पनि सहकार्य गर्दै आएको छ ।

नेपालमा यसको फ्याक्ट-चेक प्रोग्राम नभए पनि भारतमा भने नेपाली भाषाको कन्टेन्टमा मेटाले फ्याक्ट चेकिङका लागि स्थानीय तथ्य-जाँच संस्थासँग सहकार्य गरेको छ । भारतमा द क्विन्ट, इन्डिया टुडे फ्याक्ट चेक, एएफपी-हब, विस्वास डट न्युज, न्युजचेकर, बुम, द हेल्दी इन्डियन प्रोजेक्टजस्ता संस्थाले मेटाका लागि फ्याक्ट चेकिङको काम गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि कारगार पठाउन आदेश दिएको हो। थुनछेक बहसका लागि प्रहरीले अधिकारीलाई बिहीबार बिहान अदालत उपस्थित गराएको थियो। उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको अदालतका प्रवक्ता एवं सूचना अधिकारी टिकाध्वज कार्कीले अन्नपूर्णलाई जानकारी दिए। अधिकारी कार्कीले भने,'नख्खु कारागारमा ...
। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगसँगै यसको सञ्चालन खर्च तीव्र रूपमा बढेपछि पश्चिमा देशका ठूला प्रविधि कम्पनीहरू ठूलो वित्तीय दबाबमा पर्न थालेका छन्। प्रविधि पत्रकार एन्ड्रयु ओर्लोव्स्कीका अनुसार एआईको अत्यधिक प्रयोगका कारण इतिहासमै पहिलो पटक प्रविधि चलाउने खर्च र मानिसलाई दिइने तलब बराबर हुन थालेको छ। कम्पनीहरूले आफ्ना कर्मचारीलाई एआईको अनावश्यक प्रयोग नगर्न र ‘टोकन’ ...
— हुवावे नेपालले एआईमा आधारित नेटवर्क सञ्चालन प्रणाली ‘एजेन्टिक कम्युनिकेसन नेटवर्क्स’ अवधारणाबारे जानकारी गराएको छ । काठमाडौंमा हालै आयोजित ‘मिनी एमडब्लुसी २०२६’ कार्यक्रममा हुवावेले दूरसञ्चार नेटवर्कलाई थप स्थिर, प्रभावकारी र स्वचालित बनाउन एजेन्टिक कम्युनिकेसन नेटवर्क्स प्रभावकारी हुने उल्लेख गरेको थियो । कार्यक्रममा एआई र नयाँ पुस्ताको नेटवर्क प्रविधिबारे छलफल गरिएको कम्पनीले जनाएको छ । ...
। विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् । आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नो गुनासो तथा समस्या राख्ने सक्नेछन् । विभागका महानिर्देशक दुरपदा सापकोटाले ...
। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ । जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साहको आवेदन परेको छ । यसैगरी सुशील प्रसाद साह, अनिल कुमार झा, नरेन्द्र ...