मुख्य समाचार
अमेरिकामा डढेलोले ५ जनाको मृत्यु, १ लाख ३७ हजार विस्थापित
अमेरिकामा डढेलोले ५ जनाको मृत्यु, १ लाख ३७ हजार विस्थापित

— अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ । डढेलोका कारण ११ सय भन्दा बढी संरचना जलेर नष्ट भएका र १ लाख ३७ हजार जना विस्थापित भएका अधिकारीहरूले जनाएका छन् ।


लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ । अमेरिकी सञ्चार माध्यहरूका अनुसार लस एन्जलस र यसको छिमेकी भेन्चुरा काउन्टीमा ६ स्थानमा डढेलो फैलिइरहेको छ । तीमध्ये पाँच स्थानका डढेलो पूर्ण रूपमा अनियन्त्रित बनेका छन् ।


प्यालिसेड्स, इटन, हर्स्ट र वुड्लीको आगो नियन्त्रणमा आएको छैन । भेन्चुरा काउन्टीको करिब ११ एकड क्षेत्रफलमा डढेलो फैलिएको छ । सबैभन्दा खराब डढेलो प्यासिफिक प्यालिसेड्स क्षेत्रमा फैलिएको छ । सो क्षेत्रको डढेलो सहरको इतिहासकै विध्वंसकारी भएको जनाइएको छ ।

बीबीसीका अनुसार नयाँ डढेलो अमेरिकी फिल्म उद्योग हलिवुड हिल्समा फैलिरहेको छ । त्यसबाहेक बुधबार साँझबाट हलिवुड हिल्समा फैलिएको आगो एक घण्टा भन्दा कम समयमा २० एकडमा फैलिइसकेको छ ।
क्यालिफोर्निया फायर सर्भिसले हलिउड हिल्समा लागेको डढेलोको मात्रा तीव्र रूपमा फैलिरहेको र आगो नियन्त्रणमा कुनै प्रगति नभएको जनाएको छ । अग्नि नियन्त्रकहरूले पानीको चाप कम हुँदा डढेलो नियन्त्रणमा कुनै प्रगति हुन नसकेको जनाएका बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि थप सहयोग उपलब्ध गराउन सेनालाई आदेश दिएका छन् ।
डढेलो फैलिएसँगै धनाढ्यहरूको बसोबास रहेका कतिपय क्षेत्रहरू खाली गराइएको छ । जसका कारण ती स्थानमा लुटपाट हुनसक्ने चेतावनी जारी गरिएको अधिकारीहरूले जनाएका छन् । प्यारिस हिल्टन, बिली क्रिस्टल जस्ता चर्चित कलाकारहरूका निवास नष्ट भएका छन् ।

सीएनएनका अनुसार प्यालिसेड्स क्षेत्रमा १५ हजार ८ सय एकड क्षेत्रमा डेढेलो लागिरहेको छ । उक्त क्षेत्रबा६ ३७ हजार मानिसलाई सुरक्षित स्थानमा पठाइसकिएको छ । १० हजार ६ सय एकड क्षेत्रफलमा डढेलो लागिरहेको इटन क्षेत्रबाट करिब १ लाख मानिसहरू सुरक्षित स्थान सरेका जनाइएको छ ।
इटन क्षेत्रको पासडिनाका मेयर भिक्टर गोर्डोले १ लाख भन्दा बढी स्थानीयलाई अन्यत्र जान चेतावनी जारी गरिएको बताएका छन् । त्यस्तै, हर्स्टमा ८ सय ५५ र लिडियाको ३ सय ४८ एकड भूभाग पनि डढेलोको चपेटामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप