मुख्य समाचार
क्यालिफोर्निया आगलागी : हलिउड स्टारका घर जले, कमला ह्यारिसको घर खाली गर्न निर्देशन
क्यालिफोर्निया आगलागी : हलिउड स्टारका घर जले, कमला ह्यारिसको घर खाली गर्न निर्देशन

: अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा लागेको आगो सहरमा पनि फैलिएर विकराल रुप लिएको छ।


मंगलबार सुरु भएको आगोले हालसम्म ४,८५६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। आगलागीमा लगभग १,१०० भवनहरू पूर्ण रूपमा जलेका छन्। साथै २८ हजार घरमा क्षति पुगेको छ।

जंगलमा फैलिएको आगोका कारण हालसम्म ५ जनाको मृत्यु भएको पुष्टी भएको छ। करिब ५० हजार मानिसहरूलाई तुरुन्तै घर खाली गर्न भनिएको छ। करिब ३ लाख मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। प्रशासनले शहरमा आपतकाल घोषणा गरेको छ।


लस एन्जलस शहरको विलासी पालिसेड्स क्षेत्रमा रहेको धेरै हलिउड स्टारहरूको बंगला आगलागीले ध्वस्त पारेको छ। मार्क ह्यामिल, पेरिस हिल्टन, जेमी ली कर्टिस, म्यान्डी मूर, मारिया श्रीभर, एश्टन कुचर, जेम्स वुड्स र लेइटन मिस्टर लगायत धेरै हलिउड स्टारहरूको घरमा आगलागी भएको छ। धेरै सेलिब्रेटीहरूले आफ्नो घर छोड्नु परेको छ।

आगलागीका कारण लस एन्जलसको ब्रेटनवुड क्षेत्रमा रहेको उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गर्न निर्देशन दिइएको छ। लस एन्जलस अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी हो। यहाँ १ करोडभन्दा बढी मानिसहरू बसोबास गर्छन्। यहाँको फिल्म उद्योगको नाम प्रसिद्ध हलिउड क्षेत्रको नामबाट राखिएको छ।

क्यालिफोर्नियामा हेलिकप्टर र विमानको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । तीव्र हावा र हावाको दिशा परिवर्तन भइरहेकोले आगो विभिन्न ठाउँमा फैलिरहेको छ। उद्धार टोलीले हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिरहेको छ। विद्यालय, सामुदायिक केन्द्र र अन्य सुरक्षित स्थानहरूलाई आपतकालीन आश्रयस्थलको रूपमा तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप