मुख्य समाचार
क्यालिफोर्निया आगलागी : हलिउड स्टारका घर जले, कमला ह्यारिसको घर खाली गर्न निर्देशन
क्यालिफोर्निया आगलागी : हलिउड स्टारका घर जले, कमला ह्यारिसको घर खाली गर्न निर्देशन

: अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा लागेको आगो सहरमा पनि फैलिएर विकराल रुप लिएको छ।


मंगलबार सुरु भएको आगोले हालसम्म ४,८५६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। आगलागीमा लगभग १,१०० भवनहरू पूर्ण रूपमा जलेका छन्। साथै २८ हजार घरमा क्षति पुगेको छ।

जंगलमा फैलिएको आगोका कारण हालसम्म ५ जनाको मृत्यु भएको पुष्टी भएको छ। करिब ५० हजार मानिसहरूलाई तुरुन्तै घर खाली गर्न भनिएको छ। करिब ३ लाख मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। प्रशासनले शहरमा आपतकाल घोषणा गरेको छ।


लस एन्जलस शहरको विलासी पालिसेड्स क्षेत्रमा रहेको धेरै हलिउड स्टारहरूको बंगला आगलागीले ध्वस्त पारेको छ। मार्क ह्यामिल, पेरिस हिल्टन, जेमी ली कर्टिस, म्यान्डी मूर, मारिया श्रीभर, एश्टन कुचर, जेम्स वुड्स र लेइटन मिस्टर लगायत धेरै हलिउड स्टारहरूको घरमा आगलागी भएको छ। धेरै सेलिब्रेटीहरूले आफ्नो घर छोड्नु परेको छ।

आगलागीका कारण लस एन्जलसको ब्रेटनवुड क्षेत्रमा रहेको उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गर्न निर्देशन दिइएको छ। लस एन्जलस अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी हो। यहाँ १ करोडभन्दा बढी मानिसहरू बसोबास गर्छन्। यहाँको फिल्म उद्योगको नाम प्रसिद्ध हलिउड क्षेत्रको नामबाट राखिएको छ।

क्यालिफोर्नियामा हेलिकप्टर र विमानको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । तीव्र हावा र हावाको दिशा परिवर्तन भइरहेकोले आगो विभिन्न ठाउँमा फैलिरहेको छ। उद्धार टोलीले हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिरहेको छ। विद्यालय, सामुदायिक केन्द्र र अन्य सुरक्षित स्थानहरूलाई आपतकालीन आश्रयस्थलको रूपमा तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...