मुख्य समाचार
सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन
सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन

— चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।




भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ ।


चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी चिनफिङले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल लैजानसमेत निर्देशन दिएका छन् । सीले भूकम्पपछि विस्थापित भएकाहरूलाई पुन:स्थापना गर्न पनि तत्परता देखाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...
: रुसी अधिकारीहरूले इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीनजनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताएका छन्। गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छजना गम्भीर घाइते भएको बताए। उनले आक्रमणको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। यसपछि,क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले टोर सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्ने ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...