मुख्य समाचार
डोनाल्ड ट्रम्पलाई फ्रान्स र जर्मनीले चेतावनी
डोनाल्ड ट्रम्पलाई फ्रान्स र जर्मनीले चेतावनी

— डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्ड अमेरिकाका आवश्यक रहेको बताउँदै आएका डोनाल्ड ट्रम्पलाई फ्रान्स र जर्मनीले चेतावनी दिएका छन् । दुवै देशले युरोपेली संघका कुनै पनि सदस्य राष्ट्रको सार्वभौम सीमामाथि आक्रमण हुन नदिने भन्दै अमेरिकाका आगामी राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएका हुन् ।

गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । ग्रीनल्याण्ड टापु अमेरिकाको राष्ट्रिय र आर्थिक सुरक्षाको लागि महत्वपूर्ण भएको बताउँदै आएका छन् । मंगलबार उनले ग्रीनल्याण्ड अमेरिकाका लागि आवश्यक भएको दोहोर्‍याएका थिए ।

त्यसको प्रतिक्रियामा फ्रान्सका विदेशमन्त्री जाँ-नोएल ब्यारोटले 'युरोपेली संघले संसारका अन्य जुनसुकै राष्ट्र भएपनि तिनीहरूलाई आफ्नो सार्वभौम सीमामा आक्रमण गर्न नदिने' बताएका हुन् । अमेरिकाले ग्रीनल्याण्डमा आक्रमण गर्न लागेकोमा आफूले विश्वास नगर्ने ब्यारोटको भनाइ छ । त्यस्तै, जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले ट्रम्पको टिप्पणीको प्रतिक्रियामा सीमाहरू बलपूर्वक सार्न नुहनेमा जर्मनी सधैं दृढ रहेको बताएका छन् ।

यसअघि ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट एगेडले ट्रम्पलाई ‘ग्रीनल्याण्ड बिक्रीका नभएको र बिक्रीका लागि उपलब्ध नहुने बताएका थिए । ‘हामीले हाम्रो स्वतन्त्रताको लामो संघर्ष गुमाउनु हुँदैन । यद्यपि, हामीले सम्पूर्ण विश्व, विशेष गरी हाम्रा छिमेकीहरूसँग सहकार्य र व्यापारका लागि खुला रहनुपर्छ,’ उनले भनेका थिए ।

ट्रम्पले यसअघि २०१९ अगस्टमा पनि ग्रिनल्यान्ड ‘किन्न’ चाहेको बताएका थिए । तर डेनमार्कका तत्कालीन प्रधानमन्त्री मेट फ्रेडरिक्सनले ‘ग्रिनल्यान्ड बिक्रीका लागि नभएको’ घोषणा गरेकी थिइन् । उनी २०१९ जुनदेखि निरन्तर डेनमार्कको प्रधानमन्त्री छिन् ।

‘भूमध्यसागरको मोती’ भनेर चिनिने ग्रिनल्यान्ड टापु डेनमार्कको स्वशासित भूभाग हो । यो सन् १७२१ देखि डेनमार्कको भूभागका रूपमा रहेको छ । ग्रिनल्यान्डका बासिन्दा पूर्ण रूपमा डेनमार्कका नागरिक हुन् । क्यानडाको आर्कटिक द्वीप समूहको पूर्वमा पर्ने ग्रिनल्यान्ड आर्कटिक र एट्लान्टिक महासागरको बीचमा अवस्थित छ । २१ लाख ८४ हजार वर्ग किमि क्षेत्रफलको ग्रिनल्यान्ड संसारको सबैभन्दा ठूलो टापु हो ।



उत्तरी अमेरिका महादेशको भाग भए पनि ग्रिनल्यान्ड सन् १९६८ देखि राजनीतिक र सांस्कृतिक रूपमा युरोप (खासगरी नर्वे र डेनमार्क) सँग निकट छ । ग्रिनल्यान्ड खनिज, तेल र प्राकृतिक ग्यासमा धनी छ । तर अर्थतन्त्र माछा मार्ने व्यवसाय र डेनमार्कले दिने वार्षिक अनुदानमा भर पर्ने भएकाले ग्रिनल्यान्डको विकासको गति भने सुस्त छ ।

ग्रिनल्यान्डको उत्तरपश्चिम तटीय क्षेत्रमा अमेरिकी अन्तरिक्ष फौजको पिटुफिक हवाई आधार शिविर छ । जसका कारण ग्रिनल्यान्ड अमेरिकी सेना र यसको बलिस्टक क्षेप्यास्त्र चेतावनी प्रणालीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ । अमेरिकाका पूर्वराष्ट्रपति ह्यारी ट्रुम्यानले पनि एक पटक ग्रिनल्यान्ड खरिदको प्रस्ताव गरेको समेत ट्रम्पले दोहोर्‍याएका छन् । ट्रुम्यानले सन् १९४६ मा १० करोड अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप