मुख्य समाचार
‘च्याटजीपीटी’ का निर्माता साम अल्टम्यानविरुद्ध उनकै बहिनीले यौन दुर्व्यवहारको आरोप
‘च्याटजीपीटी’ का निर्माता साम अल्टम्यानविरुद्ध उनकै बहिनीले यौन दुर्व्यवहारको आरोप

— अहिलेको सर्वाधिक चर्चित जेनेरेटिभ एआई टुल ‘च्याटजीपीटी’ का निर्माता साम अल्टम्यानविरुद्ध उनकै बहिनीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । यो खबरले अहिले प्रविधि क्षेत्र तरंगित छ । सामकी बहिनी एन अल्टम्यानले आफू सानो छँदा दाजुले नियमित यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी छन् ।


सन् १९९७ देखि २००६ सम्म सामले नियमित यौन दुर्व्यवहार गरेको एनले दायर निवेदनमा उल्लेख छ । दुर्व्यवहारका क्रियाकलापहरू ‘हप्तामा धेरैपल्ट’ हुने गरेको एनको दाबी छ । बीबीसीका अनुसार यो मुद्दा जनवरी ६ मा अमेरिकाको मिजोरी जिल्ला अदालतमा दायर गरिएको थियो । निवेदनमा एनले आफू तीन वर्षकी हुँदादेखि नै दाजुले यौन दुर्व्यवहार शुरु गरेको र त्यो बेला उनी १२ वर्षका रहेको उल्लेख गरेकी छन् ।


सामले भने ती सबै आरोप गलत भएको भन्दै सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ मा लामो वक्तव्य जारी गरेका छन् । उनले आमा कोनी अल्टम्यान र दुई दाजु ज्याक र म्याक्स अल्टम्यानसहित संयुक्त वक्तव्य जारी गर्दै एनले लगाएका आरोप अस्वीरका गरेका छन् ।

‘यी सबै आरोप पूर्णरूपमा असत्य हुन्,’ वक्तव्यमा भनिएको छ, ‘मानसिक स्वास्थ्य समस्या भोगिरहेका परिवारको सदस्यको हेरचाह गर्नु असाध्यै चुनौतीपूर्ण हुने रहेछ ।’ बहिनीलाई आफूले नियमित वित्तीय सहायता प्रदान गर्नुका साथै उनको खर्चपानी, भाडा, बिल तिरिदिने गरेको र घर किन्दिने प्रस्तावसमेत गरेको तथापी बहिनीले ‘निरन्तर आफूहरूसँग थप पैसा मागिरहने’ सामले बताएका छन् ।

आरोपपत्रमा दुर्व्यवहारको अन्तिम घटना साम वयस्क भइसकेपछि र एन नाबालिग छँदा भएको सीएनबीसीको समाचारमा उल्लेख छ । एनले यसअघि पनि एक्स लगायत सामाजिक सञ्जाल प्लाटफर्महरूमा आफ्ना दाजुविरुद्ध यस्तै आरोप लगाउने गरेको भए पनि यसपाली पहिलोपटक उनले अदालतमा मुद्दा नै दायर गरेकी सीएनबीसीले जनाएको छ ।

एनले अदालतमा पेश गरेका कागजातअनुसार सामले उनलाई ‘ग्रुमिङ र म्यानिपुलेसन’ अर्थात यौन शोषण गर्ने उदेश्यले ललाइफकाइ वा धम्क्याउने गरेका थिए । उनले धेरै वर्षसम्म आफूमाथि यौन दुर्व्यवहार गरेको एनको आरोप छ । आफूमाथि ‘बलात्कार, यौन दुर्व्यवहार, अप्राकृतिक यौन सम्बन्ध, शारीरिक आक्रमण’ हुने गरेको बताएकी छन् । यस घटनाबाट आफूले ‘गम्भिर शारीरिक चोटपटक’, भावनात्मक पिडा र डिप्रेसन भोगेको उनले उल्लेख गरेकी छन् ।

त्यस्ता चोटपटकको धेरैपल्ट उपचार गरेको र मानसिक स्वास्थका लागि धेरै खर्च गरेको एनको दाबी छ । सामले भने एनलाई सहयोग गर्न र उनको स्वास्थ अवस्था सुधार गर्न विगतका वर्षहरूदेखि नै आफूले धेरै तरिकाले प्रयास गर्दै आएको बताएका छन् । ‘यो स्थितिले हाम्रो सम्पूर्ण परिवारलाई नै अत्यन्तै पिडा पुर्‍याएको छ,’ सामको वक्तव्यमा भनिएको छ ।



एनले निवेदनमा जुरी ट्रायल र ७५ हजार डलरभन्दा बढी क्षतिपूर्तिको माग गरेकी छन् । अमेरिकी न्याय प्रणालीमा जुरी ट्रायलको पनि प्रचलन छ । यसमा मुद्दाको सुनुवाइ र फैसलामा न्यायाधिशसँगै साधारण नागरिकहरूको समूह (जुरी) ले पनि भाग लिने गर्छन् । जुरी सदस्यहरू जनताबाट चुनिने भएकाले यो प्रणालीलाई जनताको प्रतिनिधित्वको रूपमा हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...
: रुसी अधिकारीहरूले इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीनजनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताएका छन्। गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छजना गम्भीर घाइते भएको बताए। उनले आक्रमणको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। यसपछि,क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले टोर सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्ने ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...