मुख्य समाचार
इरानको कारागारमा थुनामा रहेकी इटालीकी पत्रकार सेसिलिया साला रिहा
इरानको कारागारमा थुनामा रहेकी इटालीकी पत्रकार सेसिलिया साला रिहा

— इरानको कारागारमा थुनामा रहेकी इटालीकी पत्रकार सेसिलिया साला रिहा भएकी छन् । बुधबार रिहा भएसँगै उनी इटाली फर्किएकी जनाइएको छ ।


'कूटनीतिक र गुप्तचर संयन्त्रहरूसँगको गहन कार्यपछि २९ वर्षीया सेसिलियालाई बोकेको विमान तेहरानबाट उडेको छ,' इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उक्त जहाज स्थानीय समय अनुसार दिउँसो ३.३० बजे रोमको सियाम्पिनो विमानस्थलमा आइपुग्नेछ ।'

इल फोग्लियोकी रिपोर्टर सेसिलियालाई इस्लामिक कानुन उल्लंघन गरेको आरोपमा डिसेम्बर १९ मा पक्राउ गरिएको थियो । उनी पत्रकार भिसामा इरान पुगेको दिनपछि पक्राउ परेकी थिइन् ।

सेसिलियालाई हिरासतमा लिनुभन्दा केही दिनअघि इटालीको मिलानस्थित मालपेन्सा विमानस्थलमा इरानी इन्जिनियर मोहम्मद अबेदिनी नजाफाबादी पक्राउ परेका थिए । नजाफाबादीमाथि तेहरानलाई ड्रोनका सामग्री आपूर्ति गरेको आरोप लगाइएको छ । उनीविरूद्धको मुद्दामा जनवरी १५ मा सुनुवाई हुने बताइएको छ ।

इरानले सेसिलियाको गिरफ्तारी अबेदिनीको मुद्दासँग कुनै सम्बन्ध नरहेको बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सेसिलियालाई उनको रिपोर्टिङ यात्रका क्रममा 'इस्लामिक गणतन्त्रको कानुन उल्लंघन' गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् ।

इटालीकी प्रधानमन्त्री मेलोनी अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित गल्फ क्लब पुगेको तीन दिनपछि सेसिलिया रिहा भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप