मुख्य समाचार
बीबीसीको आपत्तिपछि एप्पलले नयाँ एआई फिचर अपडेट गर्दै
बीबीसीको आपत्तिपछि एप्पलले नयाँ एआई फिचर अपडेट गर्दै

— एप्पलले आफ्नो नयाँ एआई फिचर ‘एप्पल इन्टेलिजेन्स’ अपडेट गर्ने भएको छ । समाचारको गलत नोटिफिकेसन पठाएको विवादपछि एप्पलले यस्तो निर्णय लिएको हो ।




एप्पल एआईको खराब प्रर्दशनका कारण एप्पललाई यो प्रविधि हटाउन दबाब आइरहेको थियो । तर एप्पलले नयाँ एआई फिचर बन्द नभइ अपडेट गरिने जनाएको हो । सोमबार एप्पल इन्टेलिजेन्सको समस्या स्वीकारेको कम्पनीले सफ्टवेयर परिवर्तनमा काम भइरहेको जनाएको छ ।


गत डिसेम्बरमा बीबीसीको समाचारलाई गलत व्याख्या गरेको भन्दै बीबीसीले ‘एप्पल इन्टेलिजेन्स’ प्रति आपत्ति जनाएको थियो । बीबीसीले युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको लुइगी म्यांगियोनले हत्या गरेको समाचार प्रकाशन गरेको थियो । तर एप्पल एआईद्वारा सिर्जित समाचारमा भने ब्रायन थम्पसनले आफैलाई गोली हानेको उल्लेख भएको छ ।

गत शुक्रबार पनि एप्पलको एआईले पीडीसी वर्ल्ड डार्ट्स च्याम्पियनशीप सुरू हुनुअघि नै ल्युक लिट्लर बिजेता भएको देखाएको थियो । त्यस्तै, एआईले स्पेनी टेनिस खेलाडी रफायाल नाडाल समलिंगी भएको गलत समाचार देखाएको थियो ।

एप्पलको एआईको सिर्जित समाचारले मुल सामाग्रीलाई गलत रूपमा व्याख्या गरेको बीबीसीको भनाइ छ । ‘बीबीसी न्युज संसारकै सबैभन्दा विश्वासिलो समाचार माध्यम हो,’ बीबीसीका प्रवक्ताले भने, ‘हाम्रा पाठक, स्रोता तथा दर्शकहरूले हाम्रो नाममा प्रकाशित कुनै पनि जानकारी, पत्रकारिता वा नोटिफिकेसनसमेत विश्वास गर्न सकुन् ।’

‘एप्पल इन्टेलिजेन्स’ले म्यांगियोनसम्बन्धी नोटिफिकेसन गलत देखाएको भए पनि सिरियामा बसर अल-असदको पतन र दक्षिण कोरियाली राष्ट्रपति युन सुक यओलले सैनिक शासन घोषणा गरेको अपडेट भने सही देखाएको थियो ।

तर, एप्पलको नयाँ एआईले बीबीसीको समाचार मात्र नभइ अन्य समाचार पनि गलत देखाएको थियो । एप्पलको नयाँ एआईले गत नोभेम्बरमा न्युयोर्क टाइम्सका तीन फरक विषयका लेखलाई ‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पक्राउ’ नामको एउटै नोटिफिकेसनमा देखाएको थियो । अन्तर्राष्ट्रिय फौजदारी अदालतले नेतान्याहुविरूद्ध पक्राउ पुर्जी जारी गरेको समाचारलाई त्यसरी प्रस्तुत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...
: गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु भएको छ। आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको ...
: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। ...