मुख्य समाचार
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण हजारौं विस्थापित
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण हजारौं विस्थापित

— अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण हजारौं विस्थापित भएका छन् । २ हजार ९ सय एकड क्षेत्रमा फैलिएको डढेलोका कारण दर्जनौं घर तथा सयौ गाडीहरू जलेर नष्ट भएका छन् ।

अधिकारीहरूले हजारौं घर तथा भवनहरू जोखिममा रहेको जनाएका छन् । हेलिकोप्टर र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । तर सुक्खा अवस्था र १ सय ६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाका कारण डढेलो झन् फैलिएको छ ।


अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका बीबीसीले जनाएका छन् । क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्युजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन् ।

डढेलोको जोखिम अझै उच्च भएकाले राज्यका अधिकांश क्षेत्रका लागि चेतावनी जारी गरिएको छ । डढेलोको जोखिमपछि लस एन्जलस सहरमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसको उद्धार गरिएको छ । दुर्गम क्षेत्र भएपनि प्यासिफिक प्यालिसेड्स उच्च जनघनत्व छ । यो प्रशान्त महासागरको सीमामा पर्ने सान्टा मोनिका पर्वतको सीमामा पर्छ ।
मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा डढेलो फैलिएपछि विभिन्न स्थानमा सवारी आवागमन प्रभावित भएको जनाइएको छ । जसका कारण कतिपय स्थनमा मानिसहरूले आफ्ना सवारीसाधन छाडेर भागेका थिए ।

लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रोलीले सहरमा मात्रै १ हजार २ सय ६० एकडभन्दा बढी क्षेत्रमा आगलागी फैलिएको बताइन् । आगलागी फैलिएको क्षेत्र वरपरबाट कम्तीमा ३० हजार स्थानीयलाई अन्यत्र सार्नुपर्ने अवस्था उत्पन्न भएको बताइन् । उनका अनुसार कम्तीमा १० हजार भन्दा बढी आवासीय घर र १३ हजार भवनहरू जोखिममा छन् ।
भीषण हावा, सुक्खा र साना रूख तथा पातपतिङ्गरका कारण आगो झन् फैलिएको उनको भनाइ छ । आगो फैलिएको क्षेत्रमा २ सय ५० जना अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालन गरिएको छ ।


स्थानीय समयानुसार मंगलबार राति १० बजेर ३० मिनेटबाट सुरू भएको डढेलो तीव्र हावासँगै भयानक बनेको हो । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार शक्तिशाली हुरी 'सान्टा आना'ले डढेलोलाई तीव्र गतिमा फैलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम