मुख्य समाचार
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण हजारौं विस्थापित
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण हजारौं विस्थापित

— अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण हजारौं विस्थापित भएका छन् । २ हजार ९ सय एकड क्षेत्रमा फैलिएको डढेलोका कारण दर्जनौं घर तथा सयौ गाडीहरू जलेर नष्ट भएका छन् ।

अधिकारीहरूले हजारौं घर तथा भवनहरू जोखिममा रहेको जनाएका छन् । हेलिकोप्टर र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । तर सुक्खा अवस्था र १ सय ६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाका कारण डढेलो झन् फैलिएको छ ।


अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका बीबीसीले जनाएका छन् । क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्युजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन् ।

डढेलोको जोखिम अझै उच्च भएकाले राज्यका अधिकांश क्षेत्रका लागि चेतावनी जारी गरिएको छ । डढेलोको जोखिमपछि लस एन्जलस सहरमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसको उद्धार गरिएको छ । दुर्गम क्षेत्र भएपनि प्यासिफिक प्यालिसेड्स उच्च जनघनत्व छ । यो प्रशान्त महासागरको सीमामा पर्ने सान्टा मोनिका पर्वतको सीमामा पर्छ ।
मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा डढेलो फैलिएपछि विभिन्न स्थानमा सवारी आवागमन प्रभावित भएको जनाइएको छ । जसका कारण कतिपय स्थनमा मानिसहरूले आफ्ना सवारीसाधन छाडेर भागेका थिए ।

लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रोलीले सहरमा मात्रै १ हजार २ सय ६० एकडभन्दा बढी क्षेत्रमा आगलागी फैलिएको बताइन् । आगलागी फैलिएको क्षेत्र वरपरबाट कम्तीमा ३० हजार स्थानीयलाई अन्यत्र सार्नुपर्ने अवस्था उत्पन्न भएको बताइन् । उनका अनुसार कम्तीमा १० हजार भन्दा बढी आवासीय घर र १३ हजार भवनहरू जोखिममा छन् ।
भीषण हावा, सुक्खा र साना रूख तथा पातपतिङ्गरका कारण आगो झन् फैलिएको उनको भनाइ छ । आगो फैलिएको क्षेत्रमा २ सय ५० जना अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालन गरिएको छ ।


स्थानीय समयानुसार मंगलबार राति १० बजेर ३० मिनेटबाट सुरू भएको डढेलो तीव्र हावासँगै भयानक बनेको हो । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार शक्तिशाली हुरी 'सान्टा आना'ले डढेलोलाई तीव्र गतिमा फैलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...
: रुसी अधिकारीहरूले इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीनजनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताएका छन्। गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छजना गम्भीर घाइते भएको बताए। उनले आक्रमणको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। यसपछि,क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले टोर सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्ने ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...