मुख्य समाचार
अर्घाखाँची कृषि एवं पर्यटन तथा औद्योगिक महोत्सव–२०८१ सन्धिखर्कमा सञ्चालन हुने
अर्घाखाँची कृषि एवं पर्यटन तथा औद्योगिक महोत्सव–२०८१ सन्धिखर्कमा सञ्चालन हुने

— कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुल्य आधार भन्ने मुल नाराका साथ छैठौं अर्घाखाँची कृषि एवं पर्यटन तथा औद्योगिक महोत्सव–२०८१ सन्धिखर्कमा सञ्चालन हुने भएको छ ।


सन्धिखर्कस्थित कुँडुलेफाँटमा पुस २९ देखि हुने महोत्सव माघ १२ गतेसम्म चल्ने भएको हो।


महोत्सवमा जिल्लाका छ वटा स्थानीय तहमा रहेका परम्परागत कला, संस्कृति र झाँझी प्रदर्शन गरिने र स्थानीय उत्पादनको व्यापार प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य रहेको आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले बताए । औद्योगिक व्यापार, घरेलु, कृषि र जिल्लाका पर्यटन प्रवर्द्धन गरिने पनि उनले बताए ।

वडैपिच्छेका पर्यटकीय स्थलको बारेमा महासंघले तयार पारेको पर्यटकीय भिडियो समेत मेलाको स्टलमा प्रदर्शन गरिने भएको छ । ३ सय भन्दा बढी स्टल राखिने र जिल्लाको स्थानीय कृषि, दुग्धजन्य उत्पादनका लागि स्टलमा ५० प्रतिशत छुट गरिएको उवासंघका सचिव सन्तोष बस्नेतले बताए ।

‘जिल्लाका पर्यटकीय स्थलको व्यापक प्रचार गरिनेछ,’ उनले भने, ‘गाउँमा उत्पादन भएका सुन्तला, तरकारी, दुग्धजन्य वस्तु, मसलाबालीका उत्पादन, खाद्यवस्तु, मह लगायत सबै स्टलमा राख्न कृषि कर्म, सहकारी, कृषक समुह सबैलाई अनुरोध गरेका छौं । स्थानीय विभिन्न जातिको भेषभूषा सहितको कलालाई प्राथमिकता दिन्छौं ।’

महोत्सव करिब १ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ जति आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा बिउँताउने मात्रै नभइ मिति तोकेर सिंहसानमा विराजमान गराउने भ्रम फिँजाइ संविधान ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताएका छन्। सिंहदरबारभित्र प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन्। उनले सरकार जनताबाट टाढा हुँदै गएको आरोपसमेत ...
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...