मुख्य समाचार
चीनमा देखियो 'एचएमपीवी' नामक भाइरस, भारतमा पनि संक्रमण भएको पुष्टि
चीनमा देखियो 'एचएमपीवी' नामक भाइरस, भारतमा पनि संक्रमण भएको पुष्टि

: कोरोना भाइरसले आक्रान्त मच्चाएको पाँच वर्षपछि चीनमा फेरि नयाँ भाइरसको संक्रमण देखा परेको छ। ह्युमन मेटान्युमो भाइरस (एचएमपीवी) नाम दिइएको उक्त भाइरस चीनको उत्तरी क्षेत्रमा देखा परेको हो।


स्वास्थ्य विज्ञहरूका अनुसार १४ वर्षमुनिका बालबालिकामा उक्त भाइरसको संक्रमण हुने गरेको छ। बीबीसीका अनुसार भाइरसको संक्रमणपछि रुघा-खोकीसँगै कोरोना भाइरसको जस्तै लक्ष्णहरू देखिने गर्छ।

सुरूमा यो भाइरसको संक्रमणको विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले उत्तारी चीनका केही क्षेत्रसँगै बेइजिङ, दक्षिणी-पश्चिमी सहर चोङ्किङ र दक्षिण चीनको गुहाङ्दोङ प्रान्तमा एचएमपीवी भाइरको संक्रमण देखिएको उल्लेख गरेको छ।


न्युज एजेन्सी रोयटर्सले पनि चीनको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै त्यस क्षेत्रमा स्वासप्रस्वाससम्बन्धी बिरामीहरू बढेको उल्लेख गरेको छ। डिसेम्बर तेस्रो हप्तादेखि यससम्बन्धी भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि साँस फेर्ने नलीमा संक्रमण हुने बिरामीको संख्या बढेको बताएकी थिइन्। यद्यपि अघिल्लो वर्षभन्दा अहिले कम बिरामी देखिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिइन्। यसमा विषयमा चीनको नेशनल डिजिज कन्ट्रोल एन्ड प्रिवेन्सन अनुसन्धान गरिरहेको उनले बताइन्।

चीनमा नयाँ भाइरसको संक्रमण फैलिएपछि छिमेकी देशहरूले सतर्कता अपनाउन थालेका छन्। इन्डोनेसियाले सतर्कता अपनाउँदै मास्क पहिरिन र साबुन पानीले हात धुन अपील गरेको छ।

भारतमा भने तीन जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ। भारतीय अधिकारीहरूका अनुसार कर्नाटकमा दुई जना र पुनेमा एक जनामा एचएमपीवी संक्रमण पुष्टि भएको छ। उक्त संक्रमण फैलिन नदिन भारतले उच्च सतर्कता अपनाएको छ। भारतीय स्वास्थ्य सेवाका महानिर्देशक डा. अतुल गोयलले चिन्ताको विषय नरहेको र सबैखाले सतर्कता अपनाइएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण
जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
जेन‍-जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...