मुख्य समाचार
जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको पहिलो खेल बराबरीमा
जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको पहिलो खेल बराबरीमा

: वीरगन्जमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको पहिलो खेल बराबरीमा सकिएको छ।



नारायणी क्रिकेट मैदानमा भइरहेको दुई दिवसीय खेलमा सोमबार १७२ रनको लक्ष्यका साथ दोस्रो इनिङ्सको ब्याटिङ गरेको पुलिसले दोस्रो दिनको खेल सकिदाँ ४२ ओभरमा ५ विकेट गुमाएर ८८ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा सकिएको हो। यससँगै प्रतियोगितामा पुलिसले १५ र आर्मीले १४ अंक प्राप्त गरेको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।


दोस्रो इनिङ्समा पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक ३६ रन बनाए भने अर्जुन साउदले १९ रनमात्रै जोडे। पहिलो इनिङ्समा एक्लैले ८ विकेट लिन सफल भएका आर्मीका साहब आलम दोस्रो इनिङ्समा पनि २ विकेट लिन सफल भए।

दुई दिवसीय खेलको दोस्रो इनिङ्समा सोमबार आर्मी ५३ ओभर खेल्दै १७५ रनमा अलआउट भएपछि पुलिसले जितका लागि १७२ रन लक्ष्य पाएको थियो। दोस्रो इनिङ्समा आर्मीका ब्याटर सोमपाल कामीले अविजित ८२ रन बनाए। १३८ बलको सामना गरेका सोमपालले १० चौका र १ छक्का प्रहार गरे। यस्तै त्रितराज दासले ५१ बलमा ३४ रन जोडे। भीम सार्कीले १५ रन जोड्दा विवेक यादवले ११ रन मात्रै बनाए।

दोस्रो इनिङ्समा बलिङ्तर्फ पुलिसका कुशल भुर्तेलले ४, गुल्सन झाले ३, ललित राजवंशीले २ र रसिद खानले १ विकेट लिए। त्यसअघि सोमबार बिहान ७ विकेटको क्षतिमा १०३ रनबाट दोस्रो दिनको खेल सुरु गरेको पुलिस थप २२ रन मात्रै जोड्दै अलआउट भएको थियो। उसका लागि गुलशन झाले ५४ बलमा ४७ रन बनाए भने अमित श्रेष्ठले १८ र रसिद खानले १६ रन बनाए। आइतबारदेखि सुरु खेलमा आर्मीले आफ्नो पहिलो इनिङ्समा ३४.४ ओभरमा १२१ रन बनाएको थियो।
रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कपमा मंगलबार भने कुनै खेल हुनेछैन। बुधबार वीरगन्जमा मधेस प्रदेश र पुलिस क्लबीच तथा जनकपुरमा बागमती प्रदेश र आर्मी क्लबबीच प्रतिस्पर्धा हुने पर्सा क्रिकेट संघका अध्यक्ष सिंहले जानकारी दिए।

माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप (पिएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच माघ ३ गते फाइनल खेल हुनेछ। लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...