मुख्य समाचार
जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको पहिलो खेल बराबरीमा
जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको पहिलो खेल बराबरीमा

: वीरगन्जमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको पहिलो खेल बराबरीमा सकिएको छ।



नारायणी क्रिकेट मैदानमा भइरहेको दुई दिवसीय खेलमा सोमबार १७२ रनको लक्ष्यका साथ दोस्रो इनिङ्सको ब्याटिङ गरेको पुलिसले दोस्रो दिनको खेल सकिदाँ ४२ ओभरमा ५ विकेट गुमाएर ८८ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा सकिएको हो। यससँगै प्रतियोगितामा पुलिसले १५ र आर्मीले १४ अंक प्राप्त गरेको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।


दोस्रो इनिङ्समा पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक ३६ रन बनाए भने अर्जुन साउदले १९ रनमात्रै जोडे। पहिलो इनिङ्समा एक्लैले ८ विकेट लिन सफल भएका आर्मीका साहब आलम दोस्रो इनिङ्समा पनि २ विकेट लिन सफल भए।

दुई दिवसीय खेलको दोस्रो इनिङ्समा सोमबार आर्मी ५३ ओभर खेल्दै १७५ रनमा अलआउट भएपछि पुलिसले जितका लागि १७२ रन लक्ष्य पाएको थियो। दोस्रो इनिङ्समा आर्मीका ब्याटर सोमपाल कामीले अविजित ८२ रन बनाए। १३८ बलको सामना गरेका सोमपालले १० चौका र १ छक्का प्रहार गरे। यस्तै त्रितराज दासले ५१ बलमा ३४ रन जोडे। भीम सार्कीले १५ रन जोड्दा विवेक यादवले ११ रन मात्रै बनाए।

दोस्रो इनिङ्समा बलिङ्तर्फ पुलिसका कुशल भुर्तेलले ४, गुल्सन झाले ३, ललित राजवंशीले २ र रसिद खानले १ विकेट लिए। त्यसअघि सोमबार बिहान ७ विकेटको क्षतिमा १०३ रनबाट दोस्रो दिनको खेल सुरु गरेको पुलिस थप २२ रन मात्रै जोड्दै अलआउट भएको थियो। उसका लागि गुलशन झाले ५४ बलमा ४७ रन बनाए भने अमित श्रेष्ठले १८ र रसिद खानले १६ रन बनाए। आइतबारदेखि सुरु खेलमा आर्मीले आफ्नो पहिलो इनिङ्समा ३४.४ ओभरमा १२१ रन बनाएको थियो।
रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कपमा मंगलबार भने कुनै खेल हुनेछैन। बुधबार वीरगन्जमा मधेस प्रदेश र पुलिस क्लबीच तथा जनकपुरमा बागमती प्रदेश र आर्मी क्लबबीच प्रतिस्पर्धा हुने पर्सा क्रिकेट संघका अध्यक्ष सिंहले जानकारी दिए।

माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप (पिएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।
सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच माघ ३ गते फाइनल खेल हुनेछ। लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...