मुख्य समाचार
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २–२ को बराबरीमा रोके
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २–२ को बराबरीमा रोके

— म्यानचेस्टर युनाइटेडले आफ्नो लगातार चार खेलको हार क्रममा पूर्ण विराम लगाउँदै आइतबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २–२ को बहादुरीपूर्ण बराबरीमा रोकेको छ ।




एनफिल्डको यो नतिजाले लिभरपुलको उपाधि तर्फ उन्मुख यात्रामा धक्का पुगेको छ ।


लिभरपुललाई अझै पनि दोस्रोमा रहेको आर्सनलमाथि छ अंकको अग्रता प्राप्त छ र उसले एक खेल कम खेलेको छ । आर्ने स्लटका लागि आफ्नो घरेलु मैदानमा आत्मसात् गरेको नतिजा गुमेको अवसरका रूपमा रहनेछ ।

‘निश्चित रूपमा हामीले दुई अंक गुमाएका छौं,’ स्लटले भने । युनाइटेडले भने एनफिल्डमा छ वर्ष लामो गोल खडेरी पनि तोड्न सफल रह्यो । उसले लिसान्ड्रो मार्टिनेजको गोलले अग्रता लिएको थियो ।

त्यसपछि ८० औं मिनेटमा एमाड डिएलोले बराबरी गोल फर्काए । यसबीच लिभरपुलका लागि कोडी गाक्पो र मोहमद सलाहले गोल गरे । सलाहले पेनाल्टीबाट गोल गरेका हुन् । युनाइटेड भने एक बहुमूल्य अंकसँगै १३ औं स्थानमा उक्लेको छ ।

यो रेलिगेसन क्षेत्रबाट सात अंकको दूरी हो । खेलपछि युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले भने, ‘आज हामीले जसरी खेल्यौं, त्यसरी नै अन्यत्र किन खेल्न सक्दैनौं, त्यसले मलाई दुःख लाग्छ ।’

आइतबारकै अर्को खेलमा फुलहम र इपस्विच टाउनले २–२ कै बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...